अर्जुन रामपाल १४ वर्ष कान्छीसँग ‘लिभिङ’ मा बस्दा पिता बनेका थिए



काठमाडौं ।

बलिउड अभिनेता अर्जुन रामपाल नोभेम्बर २६ मा ४८ वर्षका भएका छन् । यो वर्षका जन्मदिन उनको लागि खासै उत्साहजनक थिएन् ।

किन भने उनलाई ड्रग्स केसको आरोप लागेको छ । पछिल्लो हप्ता एनसीबीले उनको घरमा छापा मारेको थिए । यस विषयमा एनसीबीले उनको प्रेमिका गैब्रिएलसँग पनि सोधपुछ गरेको छ । पछिल्लो महिला गैब्रिएलको भाईलाई ड्रग्स केसमा एनसीबीले पक्राउ गरेको थियो ।

अर्जुन सन् १९७२ नोभेम्बर २६ मा जबलपुरमा जन्मिएका हुन् । उनी एक आर्मी परिवारका हुन् । उनको हजुरबुबा ब्रिगेडियर गुरदयाल सिंहले इन्डियन आर्मीको लागि पहिलो आर्टिलरी गन बनाएका थिए । अर्जुन सानै थिए जति बेला उनको आमा बुबाको सम्बन्ध विच्छेद भएको थियो ।

उनलाई उनको आमाले पालेका हुन् । बलिउडमा आफ्नो पहिचान बनाउनु अगाडी अर्जुन एक सफल मोडा थिए । चर्चित सडजाइनर रोहित बले अर्जुनलाई एक पार्टीमा देखेका थिए । उनले नै मोडलिङमा भविष्य बनाउन सहयोग गरेका थिए । सन् १९९४ मा मोडलिङ सोसाइटी फेस अफ द इयर अवार्ड पाएका थिए ।

सन् २००१ मा अर्जुनले ‘प्यार इश्क और मोहब्बत’ बाट बलिउडमा डेब्यु गरेका थिए । यस फिल्मबाट अर्जुनले धेरै डेब्यु अवार्ड पाएका थिए । सन् १९९८ मा अर्जुन लेसुपर मोडल मेहर जेसियासाग बिवाह गरेका थिए । अर्जुन र मेहरको बिवाह २१ वर्षसम्म चल्यो ।

उनीहरुले सन् २९१९ मा सम्बन्ध बिच्छेद गरेका थिए । सम्बन्ध बिच्छेदपछि अर्जुन साउथ अफ्रिकन मोडल गैब्रिएलाको साथमा लिभिङमा छन् । उनी अर्जुन भन्दा १४ वर्ष कान्छी हुन् । उनले एक छोरालाई जन्म दिएकी छन् । पिता बनेका अर्जुन र गैब्रिएल साथमा छन् ।

प्रतिक्रिया दिनुहोस्