ट्रम्पद्वारा अप्रत्यक्ष हार स्विकार



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनलाई विजेताका रुपमा मान्यता प्रदान गरेको छ । यसबीच सत्ता हस्तान्तरणको प्रक्रियालाई सुरु गर्ने निर्णयलाई अनुमति दिएर मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यक्ष हार स्विकार गरेको छ । यद्यपी उनले बाइडेनलाई जितको बधाइ दिएको छैन ।

जनरल सर्विसेज एडमिनिस्ट्रेसन (जीएसए)का प्रशासक एमिली मर्फीको उक्त बहुप्रतिक्षित निर्णयपछि अब भावी राष्ट्रपति बाइडेनलाई संघिय संसाधन, विभिन्न संघिय एजेन्सी र गुप्तचर जानकारीसम्म पुहँच हुनेछ ।

राष्ट्रपति चुनावपछि परिवर्तनको प्रक्रियालाई औपचारिक रुपमा अगाडी बढाउने दायित्व जीएसएको हो । मौजुदा राष्ट्रपत िडोनाल्ड ट्रम्प मतगणनामा धाँधलीको आरोप लगाउँदै आफै चुनाव विजेता भएको दावी गर्दै आइरहेका थिए ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति पदका लागि चुनाव भएको थियो जसमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन थिए । विगत दुई हप्ताभन्दा लामो समयदेखि मर्फीले डेमोक्र्याटिक पार्टीका नेता, राष्ट्रिय सुरक्षा विशेषज्ञहरु र स्वास्थ्य अधिकारीहरुका तर्फबाट आलोचनाको सामना गरिरहेका थिए ।

बाइडेन अमेरिकी इतिहासमा ८ करोड भन्दा बढी मत हासिल गर्ने पहिलो राष्ट्रपति उम्मेदर भएका छन् । मंगलबारसम्ममा बाइडेनले ८ करोड ११ हजार मत हासिल गरेका छन् भने उनका पत्यासी ट्रम्पले ७ करोड ३८ लाख भन्दा बढी मत हासिल गरेको छ ।

राष्ट्रपति निर्वाचित हनु आवश्यक इलेक्टोरल कलेज मतमा बाइडेनले ३ सय ६ प्राप्त गरेको छ भने ट्रम्पले २ सय ३२ प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले २ सय ७० इलेक्टोरल मत हासिल गर्नु पर्नेछ

सत्ता हस्तान्तरणको प्रक्रियालाई औपचारिक रुपमा अगाडी बढाउन विलम्ब भइरहेकोमा कोविड १९ र राष्ट्रिय सुरक्षासँग जोडिएका मुद्दामा आगामी बाइडेन प्रशासनको प्रयास अवरोध आइरहेको आलोचकहरुले बताएका थिए । मर्फीले अन्तत बाइडेनको नाममा अनुमति पत्रमा ट्रम्प पशासन परिवर्तनको औपचारिक प्रक्रिया शुरु गर्न तयार रहेको जानकारी दिएको छ ।

यो समाचार त्यतिबेला हएको हो, जब अहलिेसम्म हार स्विकार नगरेका ट्रम्पले ट्विटमा जीएसए र आफ्नो प्रशासनमा अन्य पदाधिकारीलाई राष्ट्रपतिको शक्तिको औपचारिक स्थानान्तरणका लागि प्रारम्भिब प्रोटोकल शुरु गर्न सिफारिस गरेको उल्लेख गरेका थिए । ट्रम्पले यो कदमका लागि उनले सिफारिस गरेको भनिएपछि मर्फीले कानुन र उपलब्ध तथ्यका आधारमा स्वतन्त्र रुपमा आफैंले निर्णय लिएको बताएका थिए । यसबीच बाइडेन टीमले परिवर्तन प्रक्रिया सुरु भएकोमा स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्