राष्ट्रिय वाणिज्य बैंकद्वारा ऊर्जा बचतको अनुदान प्रदान



काठमाडौं, (नेस)

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसियन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्र्तगत प्रिमियर अर्गानिक्स् प्रालिलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपियाँ, हुलास स्टील इन्डस्ट्रिज प्रालिलाई ३३ लाख १५ हजार छ सय रुपियाँ, प्रिमियर स्टिल प्रालिलाई १७ लाख आठ हजार चार सय छपन्न रुपियाँ रकम हस्तान्तरण गरेको छ ।

मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीले यन्त्र उपकरण जडान गरेको हुँंदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभयो । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्