अनलाइनबाट छानिए प्रतिभा



अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन्। हिमालयन म्युजिक एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन टयालेन्ट शोमा नित्या शर्मा बन्दा फस्ट तथा खावात सुब्बा सेकेन्ड रनर्सअप भएका छन्। त्यस्तै खगेन्द्र अधिकारी थर्ड र बिन्दिया खड्का फोर्थ रनर्सअप भएका छन्।

कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने काममा सरकारले जहिले पनि साथ र सर्मथन गर्नेमा जोड दिए। त्यस्तै हिमालयन म्युजिक एकेडेमीले उपाधि विजेतालाई कोरोना महामारीको संकट टरेपछि एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने जनाएको छ।

प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर तथा द्वितीय र तृतीयलाई क्रमशः १५ सय र १ हजार डलर एवं अन्यलाई सान्त्वना पुरस्कार गरिने आयोजनकले जनाएका छन्। कार्यक्रममा नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलुङ, सन्तोष रामदाम र गोपी दाहाल निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्