बेलायतबाट आयो यो जिन्दगी



बेलायत निवासी गायिका दिप्ता थापाको स्वर रहेको गीत यो जिन्दगी सार्वजनिक भएको छ। म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदँत डा. दुर्गाबहादुर सुवेदी ‘दुबसु’ ले एक समारोहबीच सार्वजनिक गरेका हुन्।

शिखर सन्तोषको संगीत रहेको गीतमा सञ्जित देउजाको शब्द रहेको छ। गीतको भिडियो पनि गायिका दिप्ता नै देखिएकी छन्। जसको कोरियोग्राफी उनकै आमा सुनीता गौतमले गरेकी छन्। भिडियोमा छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठको रहेको छ।

गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत–संगीतमा लाग्न तथा कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास आफँमा रहेको गायिका दिप्ताले बताइन्।

प्रतिक्रिया दिनुहोस्