छायाँकार श्रेष्ठलाई पत्नीशोक



छायाँकार, निर्माता तथा निर्देशक मञ्जुकुमार श्रेष्ठलाई पत्नीशोक परेको छ। उनको धर्मपत्नी उत्तमा श्रेष्ठको गत ४ गते बिहीबार निधन भएको हो।

उनको अन्तिम संस्कार भने सोमबारमात्र गरिएको छ। मञ्जुकुमार र उत्तमा दम्पतीको ३ छोरा नै विदेशमा रहेकाले उनीहरुको प्रतीक्षामा ५ दिनपछि उत्तमाको अन्तिम संस्कार सोमबार गरिएको हो। मञ्जुकुमारका १ छोरा अमेरिका र २ छोरा यूकेबाट फर्केपछि उत्तमाको अन्तिम संस्कार गरिएको हो।

मञ्जुकुमार ९१ वर्षीया अस्वस्थ आमाको स्याहार–सुसार गरेर निवासमा बसिरहेकाले र वर्तमान अवस्था जटिल भएकाले आफूलाई सहानुभूति दिन आउने शुभेच्छुकहरुलाई टाढैबाट भेट गरिरहेका छन्। उत्तमा केही समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन्।

क्यान्सरसँगको लडाइँ जिते पनि अल्सरका कारण उनी यो धर्ती छोड्न बाध्य भइन्। अल्सरले आन्द्रामा समस्या गरेपछि मेडिसिटी अस्पतालमा गरिएको शल्यक्रिया सफल भए पनि एनेसथेसियाबाट बाहिर आउन नसकेपछि ६१ वर्षीया उत्तमाको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्