चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह



बेइजिङ ।

 चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गर्नु भएको छ ।

राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताउनुभयो ।

दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाउनु भएको बधाई सन्देशमा उक्त कुरा उल्लेख छ ।

सन्देशमा राष्ट्रपति सीले वितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताउनु भएको छ । पछिल्ला वर्षहरुमा हस्ताक्षर भएको चीन–इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजाहरु प्राप्त भएको पनि राष्ट्रपति सीले बताउनु भएको छ ।

कोभिड–१९ महामारी फैलिएयता चीन र इथियोपियाले एकअर्का मुलुकले सामना गर्नु परेका कठिनाईलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाई छ । राष्ट्रपति सीले कोभिड–१९ महामारी विरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्