‘डब्लुडब्लुई’ का चर्चित रेस्लर अन्डरटेकरले लिए सन्यास



न्युज अफ नेपाल, काठमाडौं ।

डब्लुडब्लुईका चर्चित रेस्लर अन्डरटेकर (मार्क कालावे) ले सन्यास लिएका छन् । अन्डरटेकरले आइतबारको अन्तिम खेलसँगै सन्यासको घोषणा गरेका हुन् ।

डब्लुडब्लुईका अध्यक्ष भाइन्स म्याकमहानले अन्डरटेकरले सन्यास लिएको घोषणा गरेका हुन् । ‘आज एउटा युगको अन्त्य भएको छ । यो इतिहास अब दोहोरिने छैन । अन्डरटेकरको इतिहास कसैले खोस्न सक्दैन ’म्याकमहानले भने ।

प्रतिक्रिया दिनुहोस्