अफ्रिदी एलपीएलमा खेल्दै



कोलम्बो, (एजेन्सी)
शहीद अफ्रिदीले पाकिस्तान टिमबाट संन्यास लिए पनि विभिन्न देशका घरेलु लिगमा खेलिरहेका छन्। यसै क्रममा २७ नोभेम्बरबाट शुरू हुने लंका प्रिमियर लिग (एलपीएल) मा कप्तानीको भूमिकामा देखिने भएका छन्।

उनी गाले ग्लाडियटर्स टिमका कप्तान बनेका छन्। फ्रेन्चाइजीले आइतबार ट्वीटरबाट यसको पुष्टि गरेको हो।
अफ्रिदीले पाकिस्तानी टिमका लागि २७ टेस्ट, ३ सय ९८ वानडे र ९९ टी–२० खेल खेलका छन्।

पाकिस्तानी टिमका कप्तानसमेत भएका उनले हालै पाकिस्तान सुपर लिग (पीएसएल) को प्लेअफमा खेलेका थिए। मुल्तान सुल्तान टिमका लागि उनले २ खेलमा ३ विकेट लिए भने १२ रन बनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्