लोकप्रियता कमाउँदै गोलमाल



नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेकोे हास्य टेलिशृंखला गोलमालले लोकप्रियता कमाइरहेको छ।
३ वर्षदेखि प्रसारण हुँदै आएको गोलमाल एकपछि अर्को गर्दै युट्युबमा ट्रेन्डिङमा आइरहेको र नेपाल टेलिभिजनको टीआरपीमा पनि अग्रस्थानमा रहेको गोलमालका निर्माता परशुराम रिजालले बताए।

नेत्र राउतले निर्देशन गर्दै आएको शृंखलामा हाँस्यकलाकारहरु पवन खतिवडा ‘म्याकुरी’, प्रयांकस्टार एलिश राई, नवीना सिलवाल ‘खुइली’, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्गबहादुर पुनमगर ‘खबपु’ लगायतका कलाकारले अभिनय गर्दै आएका छन्।

सो शृंखलाका लागि कथासमेत लेख्दै आएका राउतले यसको निरन्तरताका लागि आँफँ अहोरात्र लागिपरिरहेको बताए। ‘समयको परिवर्तनसँगै हामी कार्यक्रमलाई पनि थप परिमार्जित गराउँदै लैजानेछौं।’ –राउत भन्छन्। शृंखला हरेक बिहीबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्