मन्दानामाथि सुटिङ सेटमै दुव्र्यवहार!



निर्माणाधीन फिल्म कोकाकोलालाई लिएर चर्चामा रहेकी बलिउड अभिनेत्री मन्दाना करिमी एक अभिव्यक्तिलाई लिएर थप चर्चामा आएकी छिन्।

जी न्युजको अनलनाइन संस्करणमा जनाइएअनुसार हालै मन्दानाले कोकाकोलाकोे सेटमा आफूलाई प्रताडित गरिएको आरोप लगाएकी छिन्। यो आरोप उनले कुनै अभिनेता या आप्mनो साथीलाई नभई फिल्मका निर्माता महेन्द्र्र धारिवाललाई लगाएकी हुन्। अभिनेत्री मन्दनाना हाल कोकाकोलामा काम गरिरहेकी छिन्।

उनले आरोप लगाएकी छिन् कि फिल्मको सेटमा अन्तिम दिन उनलाई प्रताडिन गरिएको थियो। उनले फिल्म निर्माताले आफूसँग गलत व्यवहार गरेको आरोप लगाएकी छिन्। ‘कोकाकोलाको सुटिङको अन्तिम दिन म सबै काम सकाएर फर्कन चाहन्थें। मलाई प्रोड्युसरले एक घण्टा पर्खिन भने।

तर, म बस्न चाहन्न थिएँ’, मन्दानाले भनेकी छिन्– ‘जब भेनिटी भ्यानमा म गएँ, प्रड्युसरले मलाई एक घण्टा पर्खनै पर्छ भनेर कराउन थाले। जबकि सेटमा कोही असिस्टेन्ट पनि थिएनन्। त्यस बखत मेरो कोरियोग्राफरहरुले मद्दत गरे र प्रड्युसरलाई बाहिर निकाले।’ मन्दानीले एक अन्तर्वार्तामा भनेकी छिन्– ‘दिवालीको एक रात पहिला कोकाकोलाको सेटमा मैले खराब व्यवहारको सामना गर्नुप¥यो। म अझै सक्ड छु कि कसरी यस्तो भयो? कोकाकोला फिल्मका लागि हामी १ सालदेखि मेहनत गरिरहेका छौं।’

जी न्युजको अनलाइन संस्करणका अनुसार निर्माता धारिवालले फिल्मको सेटमा मन्दानाको काम अव्यावसायिक भएको आरोप लगाएका छन्। यो प्रोजेक्टका लागि लकडाउनअघि नै मन्दानालाई ७ लाख रुपियाँको डिल साइन गरेको तर लकडाउनपछि पुनः दोस्रोपटक फिल्मको सुटिङ शुरु भएपछि मन्दानाले नखरा देखाएको आरोप निर्माता धारिवालको छ।

मन्दानाले सुटिङका लागि दिल्लीमा एक दिन बस्न थप २ लाख रुपियाँ माग गरेको र साँझ ७ बजे नै फर्किन खोजेको धारिवालले बताएका छन्। निर्माता धारिवालले डेढ सालको प्रोजेक्टका लागि मन्दानाले ७ लाखको साटो १७ लाख रुपियाँ लिएको आरोप पनि लगाएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्