गुञ्जनमा प्रितमराज र साराको रोमान्स



अष्ट महर्जनको निर्देशन रहेको फिल्म गुञ्जनको फस्टलुक हालै सार्वजनिक भएको छ। फिल्मको निर्माण समूहले फिल्मको एक प्रेममय पोस्टर फस्टलुकका रूपमा सार्वजनिक गरेको हो।

सार्वजनिक फस्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेञ्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक रूप प्रस्तुत गरिएको छ। २ दशकदेखि विभिन्न फिल्ममा द्वन्द्वनिर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो।

आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै गुञ्जनमा खन्याउने प्रयास गरेको अष्टले बताए। विशुद्ध प्रेमकथामा बनेको फिल्ममा प्रितमराज र सारका अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय गरेका छन्। प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन्।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्ससमेत रहेको छ। उनले कोही भन्छन् रसिली छु रे बोलको गीतमा आइटम नृत्य गरेकी छन्।

राजु श्रेष्ठको छायांकन, विपीन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य तथा कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्म काठमाडौं, पोखरा, जोमसोमलगायका स्थानमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्