खड्गीको समाचारमा नर्भिकको आपत्ति



काठमाडौं, (नेस)
वरिष्ठ कलाकार राजेन्द्र खड्गीलाई नर्भिक हस्पिटलले एचआईभी पोजेटिभ देखाएको भन्ने सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नर्भिकले आपत्ति जनाएको छ ।
वरिष्ठ कलाकार राजेन्द्र खड्गीको हवाला दिँदै नर्भिक इन्टरनेसनल हस्पिटलमा प्याथोलोजी टेस्ट गर्दा एचआईभी पोजेटिभ देखिएको र पछि अर्काे अस्पतालमा टेस्ट गर्दा नेगेटिभ देखिएको भन्ने समाचार प्रकाशित भएको थियो । नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले आइतबार एक विज्ञप्ति जारी गरी सो समाचारप्रति आपत्ति जनाउनुभएको हो ।
साथै उहाँले कालाकार खड्गीले विगत चार वर्षदेखि आफ्नो हस्पिटलमा प्याथोलोजी टेस्ट नगराएकाले सो समाचार झुटो भएको समेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्