स्वास्थ्यकर्मी गौरीशंकर देवको कोरोना संक्रमणका कारण मृत्यु



न्युज अफ नेपाल,काठमाडौ ।

कोरोना भाइरस संक्रमणबाट नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको निधन भएको छ । बिराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा गएराती १० बजेर ४० मिनेट जाँदा निधन भएको युनियनले जारी गरेको श्रद्धाञ्जली विज्ञप्तीमा उल्लेख गरिएको छ ।

३० वर्षदेखि स्वास्थ्य सेवामा आवद्ध स्वास्थ्यकर्मी देव सप्तरीको राजविराज स्थायी घर भएका ५४ वर्षको हुनुभएको र सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रिय कार्यसमितिले देवको निधनप्रति दुख व्यक्त गर्दै आफुले एक कुशल नेतृत्वकर्ता,निडर ,जुझारु र शसक्त ट्रेड युनियनकर्मी गुमाएकोमा दुःख व्यक्तगर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण सहितको विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्ती
भावपूर्ण श्रद्धाञ्जली !!!

नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव, कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा सिराहामा शाखा प्रमुखका रुपमा कार्यरत विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा अनवरत रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मिति २०७७ मंशिर ७ गते राती १०ः४० बजे नोबेल अस्पताल बिराटनगरमा कोभिड संक्रमणको उपचार गराउईरहेको अबस्थामा अल्पायुमै भएको निधनले नेपाल स्वास्थ्यकर्मी युनियन मर्माहत भएककोछ।
वहाँ एक कुशल नेतृत्वकर्ता, निडर, जुझारु र ससक्त ट्रेड युनियनकर्मी हुनुका साथै ईमान्दार, बफादार,कर्तब्यनिष्ठ राष्ट्र सेवक हुनुहुन्थ्यो । वाक कला, लेखन कला, लगायत दैनिक प्राबिधिक तथा प्रशासनिक क्षेत्रमा कार्य कौशलता राख्ने गौरीशंकर देवको निधनले समग्र स्वास्थ्य सेवा र ट्रेड युनियनलाई अपूर्णनीय क्षति पुगेको छ। दुखको यो घडीमा नेपाल स्वास्थ्यकर्मी युनियन दिबंगत आत्माको मुक्ति, सद्गति र परब्रह्म प्राप्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ साथै शोक सन्तप्त परिवारजन, ईष्ट मित्र, कुल कुटुम्ब, छरछिमेक, आफन्तजन र समस्त ट्रेड युनियनकर्मीहरुमा धैर्यधारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामना गर्दै गहिरो समबेदना ब्यक्त गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्