एक हजार २ सय ट्याब्लेट नाइट्रोभेटसहित एक पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१० स्थित राममन्दिर चोकको बाइपास रोडमा प्रहरीचौकी भुटनदेवीबाट प्रह डिल्लीराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले लागुऔषधसहित अभियुक्त पक्राउ गरेको छ ।

बीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना. ५ ख ५८६८ नम्बर बस चेक गर्ने क्रममा बसको सिटमा झोला काखमा लिएर यात्रा गरिरहेका यात्री पक्राउ परेका हुन् । पर्सा पेटर्वासुगौली गापा वडा–३, सुनवर्सा बैरिया बस्ने वर्ष २४ का अनिल मुखियालाई शंका लागेर झोला खोल्न आग्रह गरेर चेक गर्दा झोलामा लुकाइल्याएको अबस्थामा लागुऔषध नाइट्रोभेट १ हजार २ सय ट्याब्लेट र लागुऔषध अनरेक्स १ सय एमएलका ४ बोतल फेला परेको थियो ।

उनलाई लागुऔषधसहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको जनाइएको छ । आइतबार दिउँसो करिब १२ बजे मुखिया पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्