कलाकार खड्गीलाई एचआईभी देखिएको समाचार सरासर झुट : नर्भिक अस्पताल



न्युज अफ नेपाल, काठमाडौँ ।

नर्भिक अस्पतालको लापर्वाहीका कारण कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई एचआईभी देखिएको समाचार सरासर झुट रहेको अस्पतालले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले गम्भीर आपत्ति जनाएको छ । विगत चार वर्ष यता खड्गीले सो अस्पतालमा कुनै प्रकारको जाँच नगराएको अस्पतालले जनाएको छ ।

यस्तै, यस्ता खालका समाचार सम्प्रेषन गर्दा वास्तविकतालाई अंगाल्न अस्पतालले आग्रह गरेको छ ।

Untitled-1

प्रतिक्रिया दिनुहोस्