इलेक्टोरल केलेज भोट आफ्नो पक्षमा ल्याउने प्रयासमा ट्रम्प



वासिंगटन (एजेन्सी) । 

अमेरिकी राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइसकेको छ र यसले डेमोक्र्याटिक उम्मेदरवार ७७ बर्षिय जोय् बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको आंकडा देखाइसकेको छ ।

लोकप्रिय मत अमेरिकी राष्ट्रपति चुनावको निर्णायक पक्ष भने होइन । वास्तवमा अमेरिकामा अझै पनि राष्ट्रपति निर्वाचित भइसकेका छैनन् । डिसेम्बर २० मा हुने इलेक्टोरल कलेजको मतदानले मात्र आधिकारिक राष्ट्रपति चयन गर्नेछ । यो प्रक्रिया अझै बाँकी नै छ । हालसम्मको नतिजामा महत्वपुर्ण मानिएको इलेक्टोरल कलेज भोटको अनौपचारिक आंकडा मात्र होइन लोकप्रिय मतले पनि बाइडेनलाई जिताइसकेको छ । तर यसले औपचारिकता पुरा नगरेको अवस्था रहेको छ । यसबीच राष्ट्रपति निर्वाचनका लागि अत्यन्त अहंम मानिएको इलेक्टोरल मतमा कुनै प्रकारको हेरफेर भएमा हालसम्मको नतिजा निरर्थक हुन सक्ने सम्भावना छ ।

यस क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प आफुले हारेका राज्यबाट प्रतिनिधित्व गर्ने इलेक्टोरलर्सलाई आफ्नो पक्षमा पार्ने प्रयासमा जुटेको समाचार बाहिर आएको छ । अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपतिको अन्तिम चयन इलेक्टोरलबाटै हुन्छ । जनसंख्याका आधारमा हरेक राज्यले राष्ट्रपति चयनमा अधिकार सम्पन्न इलेक्टोरल कलेज लागि निर्धारित कोटामा इलेक्टोरल पठाउने गर्छ । परम्परा अनुसार ती इलेक्टोरलले आफ्नो राज्यमा जुन प्रत्यासीले जितेको हो उसैको पक्षमा मतदान गर्छ । तर यो बाध्यकारी भने होइन । कथंकदाचित कुनै इलेक्टोरलले अर्को उम्मेदवारलाई मत दिन्छ भने त्यसलाई आस्था विपरित भएको मात्र मानिन्छ ।

बाइडेनको पक्षमा गइसकेको जितलाई आफनो पक्षमा ल्याउने प्रयासमा रहेका ट्रम्पका सहयोगीहरु मिसिगनका सांसदहरुलाई जोय् बाइडेन र कमला ह्यारिसलाई प्राप्च बुहमत स्विकार गर्नुको साटो त्यहाँको १६ इलेक्टोरल कलेज भोट ट्रम्पको पक्षमा खसाल्न आग्रह गरिरहेका छन् । रिपब्लिकन पार्टीका नेताहरुले भने अझैपनि चुनावमा धाँधली भएको दावी गर्दै आएका छन् । यद्यपी अदालतमा धाँधली प्रमाणित गर्न भने सकेका छैनन् ।

त्यसैगरी २० इलेक्टोरल भोट रहेको पेन्सिलभेनिया र १० इलेक्टोरल भोट भएको विस्कोन्सिनमा पनि त्यस्तै प्रयास भइरहेको छ । ती राज्यहरुमा पनि बाइडेनले जित हासिल गरेका छन् । राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्पबीच लाई ३०६ – २३२ को अन्तर रहेको छ ।
विज्ञहरुका अनुसार यदि ट्रम्प ४६ इलेक्टोरल भोट आफ्नो पक्षमा पार्न सफल रहे भने उनका लागि ह्वाइट हाउसमा बसिरहन पाउने सम्भावना रहन्छ । तर कयौं राजनितिक विश्लेषकले भने ट्रम्पको यो प्रयासलाई सत्ताच्युतको घटना मानिरहेका छन् । यदी यस प्रक्रियाबाट ट्रम्प पुन राष्ट्रपति चुनावमा बाजी माछनर्् भने अमेरिकी इतिहासमा यो पहिलो घटना हुने छ ।

प्रतिक्रिया दिनुहोस्