विराटनगरमा प्रहरी र तस्करबीच झडप, एक महिला पक्राउ



न्युज अफ नेपाल, विराटनगर ।

विराटनगर १७ मटेरुवामा प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।

सीमा क्षेत्रबाट अवैध रुपमा तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्करबीच झडप भएको हो । तस्करीमा संलग्न एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।

यस्तै, झडपमा परी एक प्रहरी समेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्