चाखुम चाखुम भन्दै आए कृष्ण र रचना



गायक गायिका कृष्ण काफ्ले र रचना रिमालद्वारा स्वरवद्ध नयाँ गीत डिजीटल बजारमा सार्वजनिक गरिएको छ।

कृष्ण र रचनाले गाएको चाखुम चाखुम बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ।

गीतको आकर्षक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। म्युजिक भिडियो रोमान्टीक शैलीमा तयार गरिएको छ।

म्युजिक भिडियो रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ।म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ।

सौरभ लामाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। म्युजिक भिडियो भवसागर इन्टरटेनमेन्टको युट्युबबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्