‘सबै क्षेत्रका उद्योगी, व्यवसायीकोे म साझा उम्मेदवार हुँ’



चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार
नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा मंसिर ११–१३ गते हुँदैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । तसर्थ, सधैंझै यसपटक पनि महासंघमा अबको वरिष्ठ उपाध्यक्ष को हुन्छ भन्ने चासो र कौतुहलता छ । यतिखेर उद्योगी व्यवसायीहरू प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । यसअघि महासंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित चन्द्रप्रसाद ढकालले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । रेमिट्यान्स, बैंक, पर्यटन, अटोमोबाइललगायतका क्षेत्रमा सफल उद्यमी व्यवसायीका रूपमा परिचय बनाउनु भएका ढकालसँग महासंघको निर्वाचन सेरोफेरोमा नेपाल समाचारपत्रले गरेको कुराकानी ः

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा तपाईं प्यानल नै बनाएर वरिष्ठ उपाध्यक्षमा उठ्नु भएको छ, तयारी कस्तो छ ?

म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रम र देश दौडाहामा लाग्ने व्यक्ति होइन । हाम्रो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रका साथीहरूसँग निकै राम्रो सम्बन्ध बनेको छ । यसप्रकारको सम्बन्ध मेरो चुनावी तयारीको बलियो आधार हो ।
म उपाध्यक्ष भएदेखि नै महासंघका कार्यक्रममा देशभर निरन्तर पुगेको छु । यिनै कुरालाई निरन्तरता दिँदै अहिले पनि म देशैभरीका उद्योगी व्यवसायी साथीहरूसँग भेटघाट गर्न सक्रिय छु । प्रदेश, जिल्ला÷नगर तथा वस्तुगत संघका साथीहरूले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । उहाँहरुको आग्रहलाई सम्मान गर्दै म यथाशक्य स्थानमा पुग्ने गरेको छु । त्यसप्रकारका जमघट तथा भेलामा साथीहरूसँग अन्तक्रिया गर्ने, गुनासा तथा अपेक्षाहरू सुन्ने गरेको छु । साथै उहाँहरूको विश्वास जित्न सफल भएको छु । सबै क्षेत्रका साथीहरूले आफ्नो साझा उम्मेदवारका रुपमा मलाई हेर्नुभएको छ ।

म आफै पनि सानो व्यवसायबाट शुरु गरेर अहिलेको अवस्थामा पुगेको हुँ । त्यसैले मलाई सानो व्यवसायको समस्या, दुःख र पीडा महशुस छ । म व्यवसायी साथीहरुलाई के भन्न चाहन्छु भने म तपाईंहरुको सधैंको सारथी हो । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म सधंै साथमै रहन्छु ।

तपाईले के कस्ता विषय र मुद्दालाई प्राथमिकता दिनुभएको छ ?
देशमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ । निकै लामो समयपछि नयाँ संविधानसँगै हामीले राजनीतिक स्थिरता प्राप्त गरेका छौं । यसले गर्दा २०७२ पछि मात्र हेर्ने हो भने पनि वैदेशिक लगानीका साथै आन्तरिक लगानी निकै बढेको थियो । कोभिडको समस्या आउनुभन्दा अगाडि नेपालको अर्थतन्त्र सुधारोन्मुख थियो । वर्तमान अवस्थामा, कोभिड–१९ ले विश्व अर्थतन्त्रको संरचनामा नै परिवर्तन ल्याएको छ ।

नेपालमा पनि यो महामारीका कारण आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा देशैभरीका उद्योगी व्यवसायीबीच नियमित अन्तक्र्रिया गरेर निकास खोज्दै छौं । हाम्रो समस्यालाई अलि फरक ढंगबाट हेर्नु र विश्लेषण गर्नुपर्छ, किनभने हाम्रो अर्थतन्त्रको आकार नै सानो छ भने हामीले गर्नुपर्ने काम अथवा दायित्व निकै बढी छ ।

अर्को महत्वपूर्ण विषय महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने आवश्यकता छ । हामी कहाँ उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रिया अझै झन्झटिलो छ । यसलाई सहज बनाउनुपर्नेछ । उद्योग व्यवसायमा समय प्रक्रियाका कारण बढ्ने उत्पादनको लागतलाई घटाउनुपर्नेछ । त्यस्तै उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा आवश्यक ईआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झन्झटलाई छोट्याउनुपर्नेछ ।

हाम्रो निर्यात व्यापार बढाउनका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेछ । त्यस्तै विभिन्न सरकारी निकायबीचको सहकार्यको अभावमा आइपर्ने कठिनाइलाई हटाउनुपर्नेछ । उद्योगी व्यापारीसँग राज्यका निकायले जबर्जस्ती होइन, पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । निजी क्षेत्रलाई करको बोझमा दबाउने अहिलेको जुन व्यवस्था छ, त्यसलाई हटाउनुपर्नेछ । तीन तहका सरकारबीचका असमझदारीका कारण देखिएका करका दुविधालाई समयानुसार परिमार्जन गर्नुपर्नेछ । हाम्रो आफ्नै महासंघको सचिवालय सुदृढीकरणदेखि साना, मझौला तथा ठूला उद्योगका धेरै विषयमा हामीले अहिले अगाडि बढाएका काम बाँकी छन् ।

नेपालमा एफडीआई भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारी साथीहरूलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन धेरै काम गर्न बाँकी नै छ । निजी सम्पत्तिमाथिको अधिकारलाई ग्यारेन्टी गर्ने, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकर्षित गर्नुपर्नेछ । यसको साथसाथै अब आउने अध्यक्षका राम्रा कामलाई अगाडि बढाउने र उहाँको नेतृत्वमा महासंघको साँख उचो बनाउन मैले सशक्त भूमिका निर्वाह गर्नेछु ।

महासंघले ठूला व्यवसायीलाई प्राथमिकता दिएको तर साना तथा मझौला व्यवसायीलाई उपेक्षा गरेको भन्ने सुनिन्छ, तपाईले महासंघलाई समावेशी बनाउन कस्तो पहल गर्नुहुन्छ ?
साना तथा मझौला उद्योग भनेको दिगो विकासको आधार भएकाले संसारभर यस्ता क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । नेपालमै पनि लकडाउनको अवस्थामा अर्थतन्त्र धान्ने आधार यस्तै उद्यम व्यवसाय भएको तथ्य हामीले भुल्नु हुँदैन । यसैले साना मझौला उद्योग व्यवसायको संरक्षणका लागि हामी कुनै सम्झौता गर्दैनौं ।

उद्योग वाणिज्य महासंघ यस्तो संस्था हो जसमा जिल्लामा भएका साना–साना व्यवसाय पनि सहभागी छन् । हरेक क्षेत्र छन् । यसमा वस्तुगत संघको पनि सहभागिता छ । यसमा साना व्यवसायीको पनि सहभागिता हुन्छ । महासंघकै नेतृत्वमा पुग्नसक्ने साना व्यवसायीलाई पनि अधिकार हुन्छ । महासंघ आजको अवस्थासम्म आइपुग्नका लागि हाम्रा अग्रजहरूको ठूलो त्याग र योगदान रहेको छ । उहाँहरूको सम्मान गर्दै अब महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा समावेशी तवरले अगाडि बढाउनु आवश्यक छ । मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतीको पूर्ण जानकारी छ ।

म आफै पनि सानो व्यवसायबाट शुरु गरेर अहिलेको अवस्थामा पुगेको हुँ । त्यसैले मलाई सानो व्यवसायको समस्या, दुःख र पीडा महशुस छ । म व्यवसायी साथीहरुलाई के भन्न चाहन्छु भने म तपाईंहरुको सधैंको सारथी हो । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म सधंै साथमै रहन्छु । हामीले आसन्न निर्वाचनमा पनि समावेशी टिम बनाएका छौं । समग्र उद्योगी, व्यवसायीमात्रै नभएर पेशागत लगानीकर्ता साथीहरूको साझा थलोका रुपमा महासंघको पुर्नसंचना गर्ने कुरामा हामी प्रतिबद्घ छौं ।

राज्यसँगको सहकार्यबिना तपाईंहरूको अभियानले सार्थकता नपाउला, कसरी सहकार्य गर्ने योजनामा हुनुहुन्छ ?
हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा हौं, राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा । देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान दुईतिहाई भन्दा बढी छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार पनि गरेको छ । सरकारका विभिन्न निकायमा महासंघको प्रतिनिधित्व छ । सरकारका उच्चस्तरीय समितिमा निजी क्षेत्रको प्रतिनिधित्व हुँदै आइरहेका छ । निजी क्षेत्रका तर्फबाट हुने लबिङमा भने महासंघसहित सबै संघसंस्थालाई साथ लिएर जान सकिएमा अझ प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ ।

हाम्रो समूहको उम्मेदवारीको नारा नै ‘समृद्धिको आधार ः राज्य–निजी क्षेत्र साझेदार’ राखेका छौं । निजी क्षेत्रको दरिलो उपस्थितिबिना राज्यमात्रको पहलमा देश सम्मृद्ध बनेको संसारमा अहिलेसम्म कुनै उदाहरण छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति नै द्रुत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । हामीले मूलतः नीतिगत तहमा एक प्रकारको सशक्त उपस्थिति देखाउनुपर्ने अवस्था छ । हामीले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने तथा राज्यका लागि थिंक ट्यांकको भूमिका निर्वाह गर्ने काम गर्नेछौं । यसका लागि महासंघले विषय विज्ञहरुको सहयोग पनि लिनेछ ।

तपाईंको व्यावसायिक संलग्नता धेरै छ, के तपाईंले महासंघलाई समय दिन सक्नुहुन्छ त ?
मैले शुरुमै भनिसकें, म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रम र देश दौडाहामा लाग्ने व्यक्ति होइन । म उपाध्यक्ष भएदेखि नै महासंघका कार्यक्रममा नेपालभर निरन्तर पुगेको छु । म वर्षैभरी ७७ वटै जिल्लाका व्यवसायी साथीहरूसँग आफ्नो व्यवसायकै सिलसिलामा सम्पर्कमै हुन्छु । म महासंघमा अहिले पनि छु । जिल्लाका साथीहरूसँग नियमित कुराकानी, छलफल र विमर्श भइरहेकै हुन्छ ।

साथीहरूले बोलाएका विभिन्न कार्यक्रम, साधारण सभा तथा महोत्सवमा पनि पुगेकै हुन्छु । हरेक जिल्ला, नगरसम्म मेरो आफ्नै व्यावसायिक नेटवर्क फैलिएको छ । यो नेटवर्कका कारण म व्यवसायीहरूसँग टाढा रहनै सक्दिन । अर्को कुरा मेरोे व्यवसाय सिस्टमले सञ्चालन हुने गर्छ । सिस्टममा चल्ने हुँदा महासंघमा आवश्यक समय दिन मलाई केही गाह्रो छैन र हुँदैन पनि ।

महासंघमा तपाईंको यात्रा अलिक द्रुत गतिमा देखिन्छ । महासंघमा रहेर लामो समय काम गरेको अनुभव पनि तपाईंको अलिक कम छ । यसले निर्वाचनमा प्रभाव नपार्ला ?
नेतृत्वमा पुग्न कुनै संगठनमा लामो समयसम्म नै रहिरहनु पर्छ भन्ने मान्यतालाई म पूर्णत मान्न सक्दिन । महासंघमा म दुई–दुई पटक कार्यसमितिमा सर्वसम्मत वा लोकप्रिय मतका साथ आएको छु । तसर्थ, महासंघको नेतृत्वमा आउन निजी क्षेत्रका समस्या नजिकबाट बुझ्न सक्नुपर्छ, समस्याको सम्बोधन गर्न सक्ने क्षमता राख्ने तथा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै देशले खोजेको परिवर्तनका लागि संवाहक हुनसक्ने हुनुपर्छ । म एकल नेतृत्वभन्दा पनि सामूहिक नेतृत्वलाई प्राथमिकता दिने गर्दछु ।

हाम्रो टिम कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्नेमात्र नभई समृद्ध नेपाल निर्माणको महाअभियानको अभियन्ताका रुपमा सम्पूर्ण निजी क्षेत्रलाई अगाडि बढाउन सक्षम हुनेछ । अर्को कुरा हाम्रो यो टिम अनुभवले खारिएको छ । विश्वासले भरिएको छ । गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पु¥याउन सक्ने हैसियत राख्छ । यसले साना तथा ठूला व्यवसायीका समस्या समाधानमा सक्रिय भूमिका निभाउन सक्छ । समाधान खोज्न सक्छ । राज्यलाई कन्भिन्स गर्न सक्छ । तसर्थ, हामी आगामी नेतृत्वका लागि सक्षम छौं ।

हरेक जिल्ला, नगरसम्म मेरो आफ्नै व्यावसायिक नेटवर्क फैलिएको छ । यो नेटवर्कका कारण म व्यवसायीहरूसँग टाढा रहनै सक्दिन । अर्को कुरा मेरोे व्यवसाय सिस्टमले सञ्चालन हुने गर्छ । सिस्टममा चल्ने हुँदा महासंघमा आवश्यक समय दिन मलाई केही गाह्रो छैन र हुँदैन पनि ।

चुनाव जित्ने तपाईंका आधार के–के देख्नुहुन्छ ?
यसमा सबैभन्दा बलियो आधार भनेको व्यवसायी मित्रहरुसँगको मेरो सम्बन्ध नै हो । यो सम्बन्ध कुनै चुनावका लागि बनेको सम्बन्ध होइन । यो मेरो तीन दशक लामो आफ्नो व्यावसायिक यात्राका क्रममा बनेको सम्बन्ध हो र यो दिगो सम्बन्ध हो ।

मेरो आफ्नो व्यवसाय र व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म मेरो व्यावसायिक सञ्जाल छ । हाम्रो व्यवसायमार्फत हरेक जिल्लाका व्यवसायी साथीहरुसँग हामी जोडिएका छौ ।

मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो सम्बन्ध छ । सधै उहाँहरुसँगै रहने हुनाले मैले जिल्लास्तरमा व्यवसायीले भोग्ने समस्या तथा चुनौतिहरु बुझेको छु । अर्को कुरा, म सानो व्यवसाय शुरु गरेर अहिलेको आइएमई ग्रुपको अवस्थामा पुगेकाले मलाई सानादेखि ठूला व्यवसायीेका समस्याको अवगत छ । यो नै मेरो चुनाव जित्ने मुख्य आधार हो ।

यसका साथै मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिका तथा मेरो व्यक्तिगत व्यवहारको पनि कुरा आउछ । म सधैं व्यावसायिका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीले मलाई नेतृत्वमा आउन आग्रह नै गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य संघले धेरै प्रदेश, जिल्ला, नगर, वस्तुगत संघका अध्यक्षज्यूहरु तथा केन्द्रीय पदाधिकारी र सदस्यहरु रहेको कार्यक्रममा मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव समेत ग¥यो ।

यसले पनि मलाई नेतृत्वमा आउन एक किसिमको आधार तयार ग¥यो । त्यही आधारमा मैले केही समय अघि मेरो उम्मेदवारी घोषणा गरे र अहिले अघि बढेको छु । संक्षेपमा भन्नुपर्दा हरेक जिल्लामा फैलिएको मेरो आफ्नो व्यावसायिक नेटवर्क, महासंघको नेतृत्व तहमा रहेर मैले खेलेको भूमिका र व्यवसायी साथीहरुसँगको मेरो सुमधुर सम्बन्ध नै मेरो जीतको प्रमुख आधार हो ।

अहिलेको स्थितिमा सहमतिबाट अगाडि बढ्नुपर्ने धेरैको अपेक्षा छ । तपाईंको तर्फबाट सहमतिका लागि प्रस्ताव के छ ?
विशेषतः पूर्वअध्यक्षज्यूहरू चुनाव गर्नुभन्दा अहिलेको अवस्थामा महासंघलाई प्रभावकारी बनाउन सहमतिबाटै जानुपर्छ भनेर प्रयास गरिरहनु भएको छ । मेरो पनि यसमा समर्थन छ । म पनि सधंै सहमतिकै पक्षमा छु । मेरो विगतलाई हेर्ने हो भने म हरेक ठाउँमा सहमतिमै काम गर्ने गरेको छु । महासंघको मेरो यात्रालाई हेर्ने हो भने म उपाध्यक्ष पनि सहमतिबाटै भएको हो ।

सहमतिको प्रयास गर्दा अहिले देखिएका उम्मेदवारको व्यक्तिगत तथा व्यावसायिक अवस्था र मतदाताको आकांक्षालाई मध्यनगर गरेर त्यस्तो निर्णय भएमा त्यसलाई म स–सम्मान स्वीकार गर्नेछु । तर, यसको मतलब चुनाव गलत हो, चुनाव नै हुनु हँुदैन भन्ने चाहिँ होइन । चुनावले कुनै पनि संस्था कमजोर हुँदैन । स्वच्छ र प्रजातान्त्रिक प्रतिस्पर्धाले महासंघलाई अझ बलियो बनाउँछ ।

 

 

प्रतिक्रिया दिनुहोस्