खाल्टाखुल्टी पुर्न शहरी विकासमन्त्रीको निर्देशन



काठमाडौं, (नेस)

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।

मन्त्री श्रेष्ठले निर्देशन दिँदै भन्नुभयो– ‘मैले तपार्इंहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौं सवारीसाधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन तत्काल निर्माण गर्नूस् ।’

मन्त्रीको निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले कालोपत्रे भएका र बढी खाल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोलीले खोलाले ओगटेको दायाँ र बायाँ गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्