खड्ग पायः जात्रा पुस्तक लोकार्पण



नेपाल समाचारपत्र, ललितपुर

लोप भइसकेको जात्रा, पर्वलार्ई कसरी पुनर्जीवन दिने? पुनर्जीवन दिने क्रममा केकस्ता कठिनाइसँग जुध्नुपर्ने हुन्छ? संस्कृति जोगाउने सवालमा यी प्रश्नहरु निकै महŒवपूर्ण छन् । खड्ग पायः जात्रा पुस्तकले यसै प्रश्नको उत्तर दिने जमर्को गरेको छ ।

न्हूदँ नेपाल संवत् ११४१ को अवसर पारेर हालै सो पुस्तकको लोर्कापण गरियो । पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक बन्द भइसकेको पायः जात्रा पुनः सञ्चालनका लागि गुठीयार, नागरिक समाज, सञ्चारकर्मी र विभिन्न संघसंस्थाले गरेको भूमिकाबारे केन्द्रित रहेको छ । साथै पुस्तकमा जात्राको ऐतिहासिक र सांस्कृतिक महŒवबारे उल्लेख गरिएको छ ।

यल सांस्कृतिक पर्व संरक्षण समितिले हालै पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी सो पुस्तकको लोकार्पण गरिएको थियो । ललितपुर क्षेत्र नं २ का संघीय सांसद कृष्णलाल महर्जन, बागमती प्रदेशका सांसद शोभा शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन र निवर्तमान अध्यक्ष अजरमान जोशीले संयुक्तरुपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।

संस्कृति जोगाउन को–को जुटे ?
लिच्छिविकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महŒवको पायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । त्यसैगरी ठेचोको नवदुर्गा नाच विजया दशमीको दिन पट्कोमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि रोकिएको थियो ।

नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्रमार्फत निरन्तर पैरवीसँगै तीन जना पत्रकार नेपाल समाचारपत्र दैनिकका सहायक सम्पादक सुनील महर्जन, लेखक माली र नेवाः पत्रका राष्ट्रिय दबू ललितपुर शाखाका पूर्वसचिव राजेश वज्राचार्यले शुरूमा संयोजनकारी भूमिका निर्वाह गर्नुभएको विषय पुस्तकमा उल्लेख गरिएको छ ।

तीन जना पत्रकारको अगुवाइ र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा २०७३ असोज १३ गते पहिलो पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूको बृहत् गोष्ठी आयोजना गरेको थियो । नाच पुनः सञ्चालनका क्रममा गोष्ठीमा उठाइएको माग, समस्या समाधान, सरोकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीका लागि तत्कालीन वाणिज्य संघको अध्यक्ष सविन श्रेष्ठ संयोजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरेको थियो ।

समितिले २०७३ चैत १५ गते मंगलबार जिल्ला विकास समितिको सहयोगमा संस्कृति संरक्षणमा दिगो विकास ः समस्या, चुनौती र अवसर विषयक अन्तक्र्रिया गोष्ठी तथा बृहत् सरोकारवाला भेला आयोजना गरी नाच सञ्चालनका लागि सरोकारवालासँग संवाद गर्ने भेला, डेलिगेसन र ज्ञापनपत्र बुझाउने निष्कर्ष निकालेको थियो ।

संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएपछि २०७५ सालको दशैंताकादेखि पायः जात्रा सञ्चालन भएको थियो । यसले गर्दा ललितपुरमा अमूर्त संस्कृतिको जगेर्नामा ठूलो टेवा पुगेको संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु बताउँछन् ।

सो समारोहमा संस्कृति संरक्षणमा जुट्ने सबैलाई सम्मान गरिएको थियो । सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकारहरू क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश वज्राचार्यलाई सम्मान गरिएको थियो । संस्थागतरूपमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी सम्मानित हुनेहरुमा पाटन दरवारको मूछेँं, ठेचोको नवदुर्गा गुठी, धंगु खलः हौगः, नेपाल राष्ट्रिय खड्गी समाल यल, काः मंका गुठी च्यासल, कायगुननी कजी खलः पायो गुठी, मुहाली खलः, नवदुर्गा धिमे पुचः ठेचो, नवदुर्गा महिला समूह ठेचो, कात्तिक नाच संरक्षण समिति, अष्टमातृका नाच व्यवस्थापन समिति, पाटन पटुको टोल सुधार समिति, तझ्याः पायः छन् । व्यक्तिगत रुपमा सम्मानित हुनेहरुमा ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष सविन श्रेष्ठ, सुरेन्द्र माली, र विकास खड्गी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्