खुल्यो श्रीसदन : शाहवंशका राजाले प्रयोग गर्ने सवारी हेर्न पाइने



न्युज अफ नेपाल,काठमाडौं ।

राजा वीरेन्द्रको वंशनास भएको १८ वर्षपछि उहाले प्रयोग गरेको निजी घर श्रीसदन सर्वसाधारणको लागि खुला भएको छ । भोली मंसिर ७ गतेबाट सर्बसाधारणले श्रीसदन भित्र रहेका राजा वीरेन्द्र, एश्वर्या, श्रुति र निराजनको सबै कक्ष हेर्न पाउनेछन् ।

श्रीसदनसंगै हिट्लरले राजा त्रिभुवनलाई उपहार दिएको कार, राजा त्रिभुवन , महेन्द्र र वीरेन्द्रले विशेष समारोहमा प्रयोग गर्ने सवारी साधन अवलोकन गर्न पाउनेछन् । त्यस्तै दीपेन्द्र, श्रुती, निराजनले वाल्यकालमा चढ्ने गाडी लगायतका महत्वपुर्ण सामाग्री प्रदर्शनीमा राखिएको छ । संग्रहालयले बिग्रिएका अवस्थामा रहेको सबै सवारी साधन मर्मत गरी तयारी अवस्थामा राखेको हो ।

आज संस्कृति पर्यटन तथा नागरीक उड््ययन मन्त्री योगेश भट्टराईले श्रीसदन श्रीसदनको उदेघाटन गर्नुभएको थियो । सो अवसरमा उहाले नेपालको इतिहास कसैको दुश्मन नहुने बताउर्दै शाहकालिन इतिहासको संरक्षण गर्नराजा वीरेन्द्र र उहाको परिवार बस्दै आएको श्रीसदन खुला भएको जानकारी गराउनुभयो ।

श्रीसदन संगै ९ महिनादेखि बन्द रहेको नारायण्हिटी दरबार संग्रहालय भोलीबाट खुला भएको छ । नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिका कार्यकारी निर्देशक भोषनारायण दाहालले खुला भएको जानकारी गराउनुभयो । उहाले भन्नुभयो–संग्रहालयमा ५२ कक्ष मध्य ३२ कक्ष खुला भएको छ , बाकी चाडै खुला गर्ने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला र पुरातन्व विभागका महानिर्देशक दामोदर गौतमले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्