विश्वभरीको कोरोना भाइरस एक चम्चा बराबर



क्यानबेरा (एजेन्सी)

कोरोना भाइरस विश्वभर फैलिएको महामारी हो । विश्वभरी ५ करोड ३० लाख भन्दा बढी ब्यक्ती यस भाइरसको चपेटामा आइसकेका छन् भने लाखौंको मृत्यु पनि भइसकेको छ । विश्वभरीको फैलिएका यी भाइरसलाई एक ठाउँमा राख्ने हो भने यसले आगट्ने ठाउँ भनेको एक चम्चा बराबरको मात्र हुने एक गणितज्ञले बताएका छन् ।

विश्वभरी यसको कुल मात्रा ८ मिलिलिटर रहेको टेलिभिजन हस्ती तथा गणितज्ञ म्याट पार्करले दिएको हो । उनले धरै आंकडाको अध्ययनपछि यो नतिजा दिएको हो । यदि भाइरसको मात्र अत्यन्तै धरै हुने हो भने पनि एक सानो गिलास जति हुने उनले बताए ।

कोविड १९ मानव कोषको तुलनामा लाखौं गुणा सुक्ष्म रहेको पार्करले बताए । हरेक पिडितहरुको जति कोशिकाहरुमा भाइरसले संक्रमण गरेको हो त्यसका आधारमा पार्करले गणना सुरु गरेको हो । यसका लागि उनले स्वाब तथा अनुसन्धानबाट प्राप्त भाइरस लोडको मद्दत लिएको हो ।

हरेक दिन विश्वमा ३ लाख नयाँ संक्रमितको गणना १४ दिनसम्म जारी इन्फेसनसँगै गरेको हो । यसको गुणा गर्दा उनले ३ अर्ब ३० करोड भाइरल सेल आबादीमा हुने उनले पाए । यसको आकारको आधारमा यसले अत्यन्तै कम ठाउँ ओगट्ने उनले बताए । पार्करका अनुसार भाइरस वास्तवमा एक कोड मात्र हुन्छ जसले मानव शरीरमा गडबडी उत्पन्न गर्न सक्छ ।

विश्वमा कोरोना भाइरसले अहिलेसम्म १३ लाख भन्दा धेरैको ज्यान लिइसकेको छ । करिब १ बर्ष पहिला चीनको हुबेई प्रान्तबाट शुरु भएको संक्रमण अहिले विश्वलाई नै आफ्नो चपेटामा लिइसकेको छ ।

यस भाइरस संक्रमणले मानव स्वास्थ्यलाई मात्र नभई मान्छेको जीवन शैली, आर्थिक, सामाजिक लगायत सबै पक्षलाई तहसनहस बनाइसकेको छ । हाल करिब १५० भन्दा बढी खोपमा काम भइरहेके छ , तर सर्वसाधारणसम्म केही खोप अर्को बर्ष मात्र पुग्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्