वर्लिन शहरमा एक नरभक्षी प्रहरीको फन्दामा



वर्लिन,(एजेन्सी)

जर्मन प्रहरीले वर्लिन शहरमा नरभक्षी भएको आशंकामा एकजना पुरुषलाई गिरफतार गरेका छन् । उत्तरी वर्लिनको एउटा पार्कमा पिडितको हाडखोर भेटिएपछि अनुसन्धानको क्रममा स्टेफन आर नामक ति व्यक्ति पक्राउमा परेका हुन् । यो हत्या यौन उद्देश्य पूरा गर्ने हिसाबले भएको हुनुपर्नेे अनुमान गरिएको छ । फोरेन्सिक विशेषज्ञहरुका अनुसार ति हाडखोर विगत दुई महिना देखि हराइरहेका एकजना चौवालिस वर्षिय पुरुषकै हुनुपर्ने दावी गरेका छन् ।

प्रहरीको विशेष प्रशिक्षित सुँघने कुकुरले प्रहरीलाई अपराधिको अपार्टमेन्ट सम्म पु¥याइदिएको जर्मन संचार माध्यमले जनाएका छन् । ति व्यक्ति ४१ व्र्षिय गणित शिक्षक भएको बताइएको छ । बच स्थित सो पार्कमा घुम्न आउनेहरुले ८ नोभेम्वरमा त्यहाँ हड्डिी रहेको खवर प्रहरीलाई दिएका थिए ।

एकजना प्रहरी अधिकारीले एउटा हडडीमा मासुको एका चोकटो पन िनरहेको तथा अन्य केहि विशेष संकेतको आधारमा पिडित आशंकित स्टेफन टि नामक ति व्यक्ति नरभक्षीको शिकार भएको हुनुपर्ने दावी गर्न सकिएको वर्लिन डेली बिजेड लाई बताएका छन् । जर्मनीको डिपिए समाचार निकायका अनुसार ति अपराधिले नरभक्षी सम्बन्धित इन्टरनेट च्याटरुममा प्रवेश गरेको प्रमाणहरु भेटिएका छन् ।

स्टेफन टि नामक ति पेशाले इलेक्ट्रिकल इन्जिनियर ५ सेप्टेम्वरको करिव मध्यराति आफ्नो फ्ल्याटबाट बाहिरिएपछि नफर्केको सो फ्लयाटमा बस्ने उनका साथीहरुले प्रहरीलाई बताएक छन् । जर्मन संचार माध्यमले सन् २००६ मा आर्मिन मिवेस नामक अर्का जर्मन नरभक्षीलाई आजिवन कारवास दिइएको घटनासंग यस घटनालाई तुलना गर्न थालेका छन् । ४४ वर्षिय मिवेसले नरभक्षण विषयमा चाख राख्ने एक ४३ वर्षि पुरुषलाई यसरी नै इन्टरनेट च्याटरुममा भेटाएका थिए । यौन उद्देश्यका लागि जालमा पारिएको पिडितको हत्या पछि मासु खाइएको भिडियो मिसेल आफैले खिचेका थिए ।

प्रतिक्रिया दिनुहोस्