नुडल्स खाँदा नौ जना ठहरै



बेइजिंग,(एजेन्सी)

विषाक्त नुडल्स खाँदा चीनमा एउटै परिवारका नौजना सदस्यको ज्यान गएको छ । तिनीहरुले झण्डै एक वर्ष देखि फ्रिजरमा राखिएको नुडल्स पकाएर खाएका थिए । चिनिया सरकारी समाचार निकाय सिन्ह्वालाई उदरित गर्दै दि इन्डिपेन्डेन्टले उत्तर पश्चिमी हेइलोंगजियाँग प्रान्तमा बस्ने सो परिवारले ५ अक्टोवरमा घरमै मकैबाट बनाइएको सो नुडल्स बिहानको खाजाको रुपमा खाएको जनाएको छ ।

कुहाइएको मकैको पिठोबाट बनेको नुडल्स यस क्षेत्रको चलनचल्तीको खाद्य परिकार मानिन्छ । सो नुडल्स खाएको केहि घन्टापछि तिनीहरु सबै एक्कासी बेस्सरी बिरामी परेका थिए । ११ अक्टोवर सम्ममा आठजनाको मृतयु पुष्टि भएके थियो भने बाँकी एकजनाको त्यसको केहि दिनपछि ज्यान गएको हो ।

चिकित्सकहरुले महिनौं फ्रिजरमा राखिएके सो नुडल्समा पाइएको विषाक्त बोन्क्रेकिक एसिडले श्वास प्रश्वास अंगमा आक्रमण गर्दा तिनीहरुको ज्यान गएको चिकित्सकिय प्रतिवेदनमा जनाएका छन् । हेइलोंगजियाँगको रोग नियन्त्रण तथा रोकथाम केन्द«का निर्देशक गाओ फेइले यस्ता विषक्त खाद्य परिकारले प्रायसः ज्यानै लिने बताएका छन् ।

फेइ भन्छन् , ‘ यस्तो विषले कलेजो , मृगौला , मुटु र मस्तिष्क लगायत अन्य संवेदनशिल मानव अंगलाई गम्भीर क्षति पु¥याउने र यस विरुद्ध विशेष एन्टिडोट नभएकाले बिरामीको मृतयु हुने संभावना ४० देखि १ सय प्रतिशत सम्मै रहेको हुन्छ । ’

प्रतिक्रिया दिनुहोस्