आरोप लागेपछि मेसी निराश



मेड्रिड, (एजेन्सी)
बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले फेरि एकपटक आफू निराश भएको बताएका छन्। मेसीले क्लबमा सधैं सबैको असफलताको आरोपलाई लिएर निराश भएको बताएका हुन्। क्लबका खेलाडी एन्टोनी ग्रिजमेनका काका इमेन्युल लोपेज र उनका पुराना एजेन्ट एरिक ओल्हाट्जले मेसीलाई आरोप लगाएका छन््। उनीहरूले मेसीलाई बार्सिलोना क्लबको समस्याको जरो भएको आरोप लगाएका हुन्।
यस्तो आरोप आएपछि मेसीले भने– ‘क्लबमा सबैले मलाई उनीहरूको समस्याको कारण बताएका छन्। म एकदम निराश छु। १५ घण्टाको हवाई उडानपछि म यहाँ आइपुगेको हुँ, मसँग टेक्स एजेन्टले बहस गर्न सकून भनेर आएको हुँ।’
मेसी बुधबार अर्जेन्टिनाबाट स्पेनमा फर्केर सीधै टेक्स इन्सपेक्टरसँग सामना गर्नुपरेको थियो। टेक्स इन्सपेक्टरले मेसीलाई एअरपोर्टमा सबै डकुमेन्ट देखाउन माग गरेका थिए। यसै समयमा एटलेटिको मेड्रिडबाट बार्सिलोनामा अनुबन्ध भएका ग्रिजम्यानको खराब प्रदर्शनको विषयमा उनका काकाले मेसीमाथि आरोप लगाएका हुन्।
ग्रिजम्यानको प्रदर्शन खस्केकोमा मेसी जिम्मेवार भएको ग्रिजम्यानका काका लोपेजले आरोप लगाएका थिए। लोपेजले भने– ‘ग्रिजमेनले मलाई बताएका थिए कि, बार्सिलोनामा शुरुआती ६ महिनामा सफल हुन सक्दैनन्। उनलाई समय चाहिएको छ। तर, म यो मान्न तयार छैन कि एक वर्षसम्म उनी यसै खराब लयमा छन्। मेसीलाई लिएर क्लबमा के चलेको छ त्यो सबै थाहा छ। मेसी बार्सिलोनामा धेरै मिहिनेत गर्दैनन्। प्रशिक्षण पनि यसरी गराउँछन् कि जसमा केही खेलाडीलाई आराम मिलोस्।’
ग्रिजमेनका पुराना एजेन्ट ओल्हाट्जले पनि मेसीले क्लबलाई नियन्त्रण गरेको आरोप लगाएका छन्। उनले भने– ‘मेसीको डरका कारण ग्रिजमेनलाई क्लबमा करियर मुस्किल भएको छ।’
त्यसो त मेसी र बार्सिलोनाबीच केही समयदेखि सम्बन्ध खराब भइरहेको छ। मेसीले केही महिनाअघि क्लब छाड्ने निर्णय लिएका थिए। तर, केही कारणले गर्दा उनले आफ्नो निर्णय परिवर्तन गरेका थिए। यसै वर्ष जनवरीमा एर्नेस्टो भेलभेर्देलाई बार्सिलोनाको कोचको पदबाट हटाइएको थियो। यो निर्णय पनि मेसीको इसारामा भएको आरोप लागेको थियो।
यो घटनापछि मेसी र स्पोर्टिङ मेनेजर एरिक अबिदालबीचको सम्बन्ध पनि चिसिएको छ। अबिदालले मेसीको नाम नलिइकन भनेका थिए कि भेलभेर्देसँग टिमका खेलाडी खुसी थिएनन्। यसै कारण कोचलाई बर्खास्त गरिएको थियो। मेसीले यसको जवाफमा भनेका थिए– ‘नाम नलिइकन खेलाडीको आलोचना गर्नु गलत हो। यो विवादपछि मिडियामा खबर आएको थियो कि मेसीले क्लबसँग आफ्नो सम्झौताअवधि बढाउने छैनन्।’
मेसीले क्लब छाड्दैनन्
सेप्टेम्बरमा मेसीले बार्सिलोना छाड्ने अड्कल गरिएको थियो। उक्त अड्कललाई खत्तम पनि उनले नै गरे। तर, उनी त्यहाँ खुसी नभएको बताएका थिए। क्लबले नै उनलाई छाड्न नदिएको पनि मिडियामा चर्चा भएको थियो। मेसी बार्सिलोनामा एक वर्ष बस्नेछन्। उनले भनेका थिए– ‘मलाई यही क्लबले सबै थोक दिएको छ। मैले जीवन यसैबाट बनाएँ। यस्तो क्लबविरुद्ध म कहिल्यै अदालत पुग्न सक्दिनँ।’

प्रतिक्रिया दिनुहोस्