जोकोभिच पराजित



लन्डन, (एजेन्सी)
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले यस वर्ष चौथो हार व्यहोरेका छन्। लन्डनमा जारी एटीपी फाइनल्सअन्तर्गत खेलमा सर्बियाका जोकोभिचलाई डेनील मेडभेडेभले ६–३, ६–३ ले हराएका हुन्। उनले खेलमा २४ अनावश्यक गल्ती गर्नु नै हारको कारण बन्यो। यो जितले रूसी खेलाडी मेडभेडेभलाई सेमिफाइनलमा पु¥याएको छ।
जोकोभिचका लागि यो हार बाबजुद अन्तिम चारमा पुग्न अवसर बाँकी रहेको छ। यदि, समूहमा हुने अन्तिम राउन्ड रोबिन खेलमा एलेक्सान्डर जेभेरेभलाई हराएमा उनी अन्तिम चारमा पुग्नेछन्। जर्मन खेलाडी जेभेरेभले अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई हराएर अन्तिम चारको आश जीवितै राखेका छन्।
जोकोभिचले हरेक वर्षको अन्तिममा हुने प्रमुख प्रतियोगितामध्ये एक एटीपी फाइनलमा पाँचपटक उपाधि जितेका छन्। यदि, यसपटक पनि यो उपाधि जित्न सकेमा उनले राफाल नाडालको कीर्तिमान बराबरी गर्नेछन्। स्पेनका खेलाडी नाडालले एटीपी फाइनल ६ पटक जितेका छन्। उनी जारी प्रतियोगितामा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्