पूर्वखेलाडीको निधनमा खेलाडीकै सहयोग



पाल्पा, (नेस)
पाल्पाका पूर्वखेलाडीका परिवारको निधनपछि सम्बन्धित खेलाडीले आर्थिक सहयोग गरेका छन्। आईटीएफ तेक्वान्दोका पूर्वखेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीले आर्थिक सहयोग गरेका हुन्। शनिबार स्वर्गीय जर्घाको आमालाई भेटेर पाल्पा आईटीएफका प्रशिक्षकले २५ हजार नगद सहयोग गरेका हुन्।

पूर्वखोला गाउँपालिका–४ देवीनगर, पाल्पा निवासी स्वर्गीय मोहन जर्घाको गत वर्ष यूएईमा सडक दुर्घटनामा परी ज्यान गएको थियो।

तानसेन आईटीएफ, प्रिपरेटरी, मदरल्यान्ड, आवासीय, बिजु, वृन्दावन, मालागिरी र ताहु तेक्वान्दो डोजाङका खेलाडी तथा प्रशिक्षक र पूर्वखेलाडी एवं प्रशिक्षकहरू नीरबहादुर सारू, सुरज थापा, देव पचभैया, पत्रकार दीपक भट्टराईलगायतले आर्थिक सहयोग प्रदान गरेको पाल्पा आईटीएफका उपाध्यक्ष एवं अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिए।

सहयोग रकम हस्तान्तरण गर्दे पाल्पा आईटीएफका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक नीरबहादुर सारूले दुःख पर्दा खेलाडीको पक्षमा सहयोग गर्ने धेरै छन् भन्ने हेतुले स्वर्गीय जर्घाको परिवारलाई आर्थिक सहगोग गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्