तापसीले नायक पत्नीका कारण गुमाउनु पथ्र्यो फिल्म



बलिउड अभिनेत्री तापसी पन्नु अहिले बलिउडको स्थापित नायिकामा गनिन्छिन्। सन् २०१० मा तेलुगु फिल्ममा काम गरेपछि २०१३ मा बलिउड प्रवेश गरेकी उनले बलिउडमा स्थापित हुन निकै संघर्ष गरेकि थिईन्।
हालै उनले फिल्म फेयर्ससँग गरेको कुराकानिका क्रममा बलिउडमा संघर्षको क्रममा आफुले भोग्नु परेका केही अनुभव शेयर गरेकी छिन्। कुराकानीका क्रममा तापसिले नायकका पत्निहरुको कारणले आफुले सम्झौता गरेका धेरै फिल्म गुमाउनु परेको बताएकी छिन्। उनले भनेकि छिन् ‘मलाई बलिउडमा सुरुवाती दिनमा केही अजिव चिजहरुको सामना गर्नु पर्यो। म त्यति सुन्दरी त छैन, तर मलाई केही फिल्मबाट यस कारण पनि रिप्लेस गरियो कि उक्त फिल्मका हिरोका पत्नीहरु चाहन्थे कि म उक्त फिल्मको हिस्सा नबनाँै। एक फिल्मको लागि म डबिङ गरिरहेको थिएँ। त्यहि बेला मलाई भनियो कि हिरोलाई मेरो डाईलग मन परेन र उक्त संवाद बदल्नु। जुन कुरा मैले मानिन। पछि मलाई जानकारी नै नदिई अरुकै स्वरमा डबिङ गरिएछ।’
उनले भनेकी छिन् ‘एक समय यस्तो पनि थियो कि हिरोको पछिल्लो फिल्मले राम्रो कमाई नगरेका कारण मेरो फिस घटाउन भनिन्थ्यो। किनकी उनिहरुलाई आप्mनो बजेट कन्ट्रोल गर्नु थियो।’ तापसिले अर्को गुनासो गर्दै भनेकी छिन् ‘त्यस्तै केही हिरो यस्ता थिए जस्ले फिल्ममा मेरो ईन्ट्रो सिन परिवर्तन गर्न आग्रह गर्थे। किनभने उनिहरुलाई डर लाग्थ्यो कि उनिहरुको ईन्ट्रो सिन भन्दा मेरो ईन्ट्रो सिन हावी हुन सक्ला।’

प्रतिक्रिया दिनुहोस्