मनका भावनाहरुलाई राख्दै



– डा.सुमनकुमार रेग्मी

मनका भावनाहरुलाई राख्दै ।
राखेको थिँए तिम्रो साथ बाँधेर ।।
हाँसुलासंगै भनी भावना राख्दै ।
तिमीलाई मनका भावना पोख्दै ।।

तिमीसंगै मुस्कुराए ।
अरुलाई छोडेर ।।
तिमीले ममा मुस्कुराएनौं ।
म तिमीलाई आँशै छाडेर ।।

तिम्रो मायाँ पाउँन अन्जुली थापी बसे ।
तर तिम्रो माया जुनी पाईएन ।।
एक्लो यो जीवनलाईसाथ दिन भनी बसे।
तर जीवनलाई दुक्लै बनाईएन ।।
जन्मस्थानः वीरगंज। हालः कोपण्डोल ल.पु ।

प्रतिक्रिया दिनुहोस्