उल्कापिण्डले मालामाल



जाकार्ता (एजेन्सी)

इन्डोनेसियामा कफिन बनाउने ३३ बर्षिय जोसुआ हुतागलंग एक दुर्लव घटनापछि करोडौंपति बनेका छन् । जोसुआको घरमा आकासबाट एक अनमोल पत्थर झरेपछि उनी करोडौं सम्पतिका मालिक बनेका हुन् । जोसुआको घरमा आकासबाट एउटा ठुलो उल्कापिन्ड खसेको थियो ।

यो करिब साढे ४ अर्ब बर्ष पुरानो दुर्लभ उल्कापिन्ड हो । उल्का पिन्ड खसेको बेला जोसुआ उत्तरी सुमात्राको कोलांग स्थित आफनो घरसँगै काम गरिरहेका थिए । आकासबाट झरेको उक्त पत्थरको तौल २ दशमलव १ किलोग्राम छ । उल्कापिन्ड झर्दा उनको घरको छतमा ठुलो प्वाल बनेको र १५ सेन्टिमिटर जमिनमा धस्सिएको बताइएको छ ।

आकाशबाट झरेको यो पत्थरले जोसुआको आर्थिक संकट समाप्त भएको छ । यो उल्कापिन्डको बदलामा जोसुआलाइ १४ लाखा पाउन्ड प्राप्त भएको छ । जासुआले खाल्डो खनेर धस्सिएको अमुल्य उल्कापिन्ड निकालेका थिए ।
यो उल्कापिन्ड साढे ४ अर्ब अर्थात पृथ्वीको आयु बराबर पुरानो र अत्यन्त दुर्लभ प्रकारमा गणना हुने बताइएको छ ।

यसको मुल्य प्रति ग्राम ८ सय ७५ डलर रहेको छ । जमीनबाट निकाल्दा उक्त पिन्ड अत्यन्तै तातो भएको र आंसिक रुपमा फुटेको जोसुआले बताए ।उल्कापिन्ड खस्दा धेरै ठुलो आवाज आएको र घर नै हल्लाएको उनले बताए । उनले भने, जब मैले छत हेरेँ, त्यहाँ ठुलो प्वाल परेको थियो ।

यो पत्थर आकाशबाटै झरेको उल्कापिन्ड नै हुनु पर्छ भन्ने मलाई लाग्यो । मेरो छतमा कसैले कुनै पत्थर फ्याक्नु करिब असम्भव छ । स्थानियले पनि ठुलो आवाज सुनेको र उनीहरुको घर पनि हल्लिएको बताए । दुर्लभ उल्कापिन्ड खसेपछि जोसुआको घर हेर्न आउनेहरुको भिड लागेको थियो ।

जोसुआले भने, धेरै जना मेरो घरमा आइरहका छन र उनीहरु उत्सुकता पुर्वक हेरिरहेका छन् । यो पत्थरले जासुआलाई उनले ३० बर्ष काम गर्दा प्राप्त हुने कुल तलब बराबरको पैसा प्राप्त भएको छ । तीन सन्तानका पिता जोसुआले उक्त पैसा समुदायका लागि चर्च निर्माण गर्ने बताए । उनी सँधै एक छोरी पाउने कल्पना गरिरहन्थे, अब पत्थर खस्नु त्यसका लागि राम्रो संकेत हुन सक्ने आफुलाई लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्