निःशुल्क भोजनका लागि खुलामञ्चको विकल्पमा स्त्रीरोग अस्पताल थापाथली नजिकै (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँँ ।

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगि खानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

‘काठमाडोँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका निरन्तर लागिरहेको छ ।’ -सापकोटाले भन्नुभयो- ‘स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौँ ।’

तस्वीरः  ईश्वर राज ढकाल ।

 

प्रतिक्रिया दिनुहोस्