चुरोट छाड्न चाहेर पनि सकिरहनु भएकाे छैन भने अपनाउनुहाेस् यी उपाय



हामी सबैलाई थाहा भएकै कुरा हो– धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर, स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दा जान्दै पनि धेरै जना धुम्रपान (चुरोट) पिउने तल त्याग्न सकेका हुँदैनन् ।

शुरुमा साथी तथा नजिकका व्यक्तिको लहलहैमा लागेर चुरोट सेवन गरेका व्यक्ति पनि नराम्रोसँग यसको लतमा फसेका थुप्रै उदाहरण देखिन्छन् । उनीहरु चुरोट छाड्न पनि चाहन्छन्, तर सकिरहेका हुँदैनन् । यस्तो अवस्थामा चुरोट कसरी त्याग्न सकिन्छ त ?

चिकित्सकहरु मनलाई आफ्नो नियन्त्रणमा राख्न सकेन चुरोटको लतबाट छिट्टै मुक्त हुन सकिने बताउँछन् ।

यदी तपाईं पनि चुरोटको लतमा फसेको हुनुहुन्छ र यसबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले केही कुरामा भने सम्झौता गर्नैपर्ने हुन्छ ।

चुरोटको तलतल लाग्दा चिया, कफी वा अन्य कुनै खानेकुरा खानुहोस् । जसले तपाईंलाई चुरोट बिर्साउँछ ।

चुरोट छोड्छु भन्ने विषयमा आफू प्रतिबद्ध हुनुहोस् । आफ्नो मानसपटलमा चुरोटको हानी के हो त्यसलाई राख्नुहोस् ।

अरुले चुरोट खाएको देखेर खाने तलतल लाग्छ भने केही टाढा बस्नुहोस् । चिया खाजा खान जाँदा ‘नो स्मोकिङ जोन’ रोज्नुहोस् ।

केही व्यक्ति भने चुरोट लगायत दुर्व्यसनीको लतबाट छुटकरा पाउन केही समयको ध्यानमा जान पनि सुझाव दिन्छन् । ध्यानमा जाँदा मनलाई एकाग्र बनाउन सकिन्छ ।

के तपाँई चुरोट अत्याधिक पिउने गर्नुभएको छ? परिवार तथा तपाँई आफैले पनि चुरोटको लत छुटाउन दबाव छ भने चिन्ता नलिनुहोस, तल दिइएका केही उपायहरु छन् तिनको प्रयोग गरेर आफ्नो चुरोट पिउने लतबाट छुट्कारा पाउनुहोस्।

१) बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने गर्नुहोस्।

२) जब तपाँईलाई चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ’। चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्तिको आवश्यक पर्दछ।

३) चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाँईलाई चुरोट पिउन मन लाग्नेछ। यस्तो बेला तपाँई आरामसंग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस्। यसो गर्दा तपाँईको ध्यान अन्तै मोडिन्छ।

४) अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस्। जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस्। यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलको जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।

५) आजकाल बजारमा विभिन्न फ्लेभरका सिगार आउने गरेका छन् तिनको प्रयोगबाट पनि चुरोटको लत छुटाउन सकिन्छ।

६) चुरोट कहिले नपिउने व्याक्तिसंग संगत गर्ने र चुरोट पिउदा हुने हानीलाई जहिले स्मरण गरीरहने गर्दा पनि चुरोट पिउने लतबाट छुट्कारा मिल्छ।

नोट: चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य बढ्ने तथा छटपटी हुनेजस्ता लक्षण देखिन्छन्। यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने स्वास्थविज्ञहरु बताउछन्।

हेल्थ म्यागेजिन्

प्रतिक्रिया दिनुहोस्