अस्ट्रेलियामा दोस्रोपटक आमा



aama-nepali-movie

कास्की, (नेस)
सामाजिक कथामा बनेको फिल्म आमा अस्ट्रेलियाको तास्मानियामा पुनः प्रदर्शन गरिने भएको छ। वडादशैंको अवसरमा अक्टोबरमा पहिलोपटक प्रदर्शन गरिएको फिल्म दोस्रोपटक तिहारको अवसरमा भाइटीकाको भोेलिपल्ट प्रदर्शन गरिने भएको हो। एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्टस्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन हुँदै ।
कोरोना महामारीका कारण विश्वकै फिल्म क्षेत्र ठप्प रहेकोे अवस्थामा तास्मानियामा आमा प्रदर्शन गर्न लागिएको हो। अवस्था जे भए नि फिल्म क्षेत्र विस्तारै उठ्ने क्रममा रहेको सन्देश दिने गरी फिल्म प्रदर्शन गर्न लागिएको आमाका सहनिर्मातासमेत रहेका इन्टरटेनमेन्टका निर्देशक सन्तोष अधिकारीले जानकारी गराए। महामारीका कारण निरास भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गर्ने अधिकारीकोे भनाइ रहेको छ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन्। फिल्ममा नेपाली समाजमा आमाले गर्ने संघर्ष देखाइएको छ। जसमा एक बिरामी बाबुको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ। फिल्ममा अभिनेत्री मिथिला शर्माको शीर्ष भूमिका छ भने नायिका सुरक्षा पन्त छोेरीको भूमिकामा छिन्। त्यस्तै सरिता गिरी पनि फिल्मको प्रमुख पात्र रहेकी छन्।

प्रतिक्रिया दिनुहोस्