स्वास्थ्य बीमा बोर्डमा दामोदर



काठमाडौं, (नेस)

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर बसौलालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दिनुभएको जनाकारीअनुसार ८ जनाको प्रतिस्पर्धाबाट डा. बसौला छानिनुभएको हो ।

कार्यकारी निर्देशक छनोट समितिमा लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्य छनोट समिति रहेको थियो ।

छनोट समितिले डा. बसौलाको नाम एक नम्बरमा सिफारिस गरेको थियो भने दुई र तीनमा क्रमशः डा. कृष्ण अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

डा. बसौलाको नियुक्तिपत्र प्रमाणीकरण भई आइतबार स्वास्थ्य मन्त्रालय पुगेको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्