गोर्खा वारियरका लागि ७ वर्षदेखि तयारी गर्दै रितेश



निर्माता निर्देक तथा कोरियोग्राफर मिलन चाम्सले निर्माण गर्न लागेको उनको महत्वकांक्षी फिल्म गार्खा वारियरबाट डेब्यु गर्न लागेका रितेश चाम्स उक्त फिल्ममा ५ वर्षअघि नै अनुबन्धित भएको खुलेको छ।
गोर्खालीको वीरगाथामाथि बन्ने फिल्म गोर्खा वारियरका लागि रितेश चाम्सले झन्डै ७ वर्षदेखि तयारी गर्न लागि परेको बताए। अहिले किक बक्सिङ सिकिरहेका सानैदेखि अभिनयमा रुचि राख्ने रितेशले आफूलाई मिलन चाम्सले ५ वर्षअघि नै अडिसनबाट अनुबन्धित गरेको खुलाए। गोर्खा वारियरमार्पmत नेपाली रजतपटमा प्रवेश गर्नका लागि रितेशले हलिउडको पाइनउड स्टुडियोबाट अभिनयमा मास्टर्स गरेका छन् भने नेपालमा रंगकर्मी सुनील पोखरेलसँग अभिनय सिकेका छन्। हलिउडका एन्जेलिना जोली, जेट्लीजस्ता सेलिब्रेटीले पनि पाइनउडबाट अभिनय कक्ष लिएका थिए। गोर्खा वारियरकै लागि अमेरिकाकाको प्mलोरिडाबाट पाइलटिङ गरेका उनी मार्सलआर्ट तेक्वान्दोका फस्ट डान हुन्। दिक्तेल, खोटाङका उनले गोर्खा वारियरका लागि यीबाहेक डाइभिङ, स्काई डाइभिङ, पारा ग्लाइडिङ, सुटिङदेखि अन्य थुप्रै कोर्स गरिसकेका छन्।
१७ वर्षको उमेरदेखि लन्डनमा बस्दै आएका रितेशले मिलन चाम्स ब्रान्डसँग जोडिन पाउँदा आफूलाई एकदमै भाग्यमानी महशुस गरेको बताए। गोर्खा वारियरका लागि दिलोज्यान लगाएर मेहनत गर्ने बताउने उनी भविष्यमा नेपाली फिल्ममै करियर बनाउने सपना देखेको बताउँछन्।

गोर्खा वारियर ४ सिरिजसम्म बन्ने निर्माता निर्देशक मिलन चाम्सले बताए। हिन्दी, चिनियाँ, नेपाली र अंग्र्रेजीसहित विभिन्न भाषामा डबिङ गरी विश्वभर रिलिज गरिने यसको पहिलो संस्करणको बजेट धेरै भएकाले शुरुमा पहिलो भाग तयार पारिने मिलनले जानकारी गराए।

गोर्खा वारियरको दोस्रो संस्करण फेब्रुअरीमा नेपालबाटै शुरु गरिनेछ। पोस्ट प्रडक्सनका सम्पूर्ण काम भने इग्ल्यान्डमा हुने पनि उनले बताए। फिल्म गोर्खालीको वीरगाथाको फरक–फरक कथामा बन्नेछ। ‘यो गार्खालीको हजारौं कथामध्ये एउटा कथा हो।

तर, हरेक भाग फरक–फरक कथामा हुनेछ’, मिलन भन्छन्– ‘गोर्खाली भनेको नेपालीले पहिले नै इमानदारिता र बहादुरीले बनाइसकेको ब्रान्ड हो। यसलाई ब्रान्डिङ गरिराख्नु जरुरी छैन। तर, नेपाली चिन्न नसकेको विदेशीले चिनेको ब्रान्ड बन्न पुगेको छ। गोरखा र गार्खालीका नाममा संसारमा यस्ता यस्ता ठूला गोर्खाली ब्रान्ड छ, जसले ठूलो लोकप्रियता कमाएका छन्। जस्तो कि गोर्खा सिगारकै कुरा गर्ने हो भने १ प्याकेटकै लाखौं पर्छ। यो मेरो ड्रिम प्राजेक्टले यी र यस्तै कुरा बोल्नेछ।’

 

प्रतिक्रिया दिनुहोस्