तिहारलाई पनि नखुल्ने भए सिनेमा हल



  • विदुर गिरी

सिनेमा हल खोलिहाले पनि दर्शक हलसम्म आउने पक्का छैन, यसका बाबजुद हल सञ्चालकहरु यो क्षेत्रलाई चलायमान बनाउन सिनेमा हल सञ्चालनमा ल्याउन तयार छन्। तर, सरकार सत्ता बचाउने खेलमा व्यस्त भएकाले हल सञ्चालनको निर्णय हुन सकेको छैन।

सार्वजनिक सवारी, होटल रेस्टुराँ, जिम हल, सैलुन, पार्लर जस्ता सबैजसो क्षेत्र र सबै प्रकारको बजार खुले पनि सरकारको बेवास्ताका कारण दशैंजस्तो महत्वपूर्ण चाडमा खुल्न नसकेका सिनेमा हल तिहारमा पनि नखुल्ने निश्चित भएको छ।

सिनेमा हलजस्तै भीडभाड विभिन्न निकुञ्ज र मनोरञ्जन पार्क आगामी मंसिर १ गतेदेखि सञ्चालनमा आउने भइसकेका छन्, तर सरकारी बेवास्ताका कारण तिहार र छठ जस्ता पर्वमा समेत सिनेमा हल सञ्चालनमा नआउने भएको हो। सिनेमा हल सञ्चालनमा ल्याउन दबाब दिन सिंहदरबारमा पुग्ने गरेका फिल्म व्यवसायीहरु राजनीतिक खिचातानीका कारण व्यस्त हुन पुगेका मन्त्रीलाई भेट्न नसकेर हैरान छन्। सम्बन्धित मन्त्रालयका अधिकारीहरु कोही पीसीआर परीक्षण र कोही कोरोना संक्रमणका कारण आइसोलेनमा बसिरहेको जवाफ सुनेर खाली हात फर्कन बाध्य छन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली हल सञ्चालनमा ल्याउन दिन सहमत भइसकेका छन्। मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हल सञ्चालनमा ल्याउन सकिन्छ। तर, मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लाने सरकारका मुख्य सचिव कोरोना संक्रमणका कारण आइसुलेसनमा बसेकाले हल सञ्चालनसम्बन्धी प्रस्ताव फाइल हुन सकेको छैन।

हल सञ्चालकहरुले ७ महिनादेखि बन्द हल पुनः सञ्चालनमा ल्याउन कम्तीमा २ साता लाग्ने बताउँदै आएका छन्। यस हिसाबले तुरुन्तै यससम्बन्धी निर्णय भए पनि यो तिहार र छठका लागि भने हल सञ्चालनमा आउन सक्ने अवस्था छैन। प्रदर्शक र वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले तिहार र छठमा हल सञ्चालनमा नआउने बताए। ‘हाम्रो व्यापारको प्रकृति अन्य व्यापारको भन्दा फरक छ।

हामीले न्युरोडको पसल जसरी सटर खोलेकै भरमा हल खोल्न सम्भव छैन। हाम्रो व्यापार भनेको भीडभाडको व्यापार हो। भीडभाड भएमात्र हाम्रो व्यापार सफल हुन्छ। तर, अहिले जति धेरै भीडभाड उति धेरै जोखिम बढ्ने अवस्था छ’, प्रधान भन्छन्– ‘यो अवस्था हामी आफैंले पनि बुभ्mनुपर्छ। त्यसैले स्वास्थ्य मापदण्ड बनाएर त्यसको पालना गर्ने गरी हल सञ्चालन गर्न हामीले सरकारसमक्ष पटक–पटक प्रस्ताव पेस गरेका छौं। तर, हालसम्म अनुमति दिइएको छैन। अब यसबारे निर्णय भइहाले पनि तिहार र छठका लागि हल सञ्चालन गर्न सम्भव छैन।’

मधुसुधन भन्छन्– ‘यत्रो महिनासम्म नचलेका हल चलाउन सरसफाइ गर्नुपर्छ। स्टाफहरु कता कता पुगेका छन्, जम्मा गर्नुपर्छ। सर्भर र सप्mटवेयर अपडेट गर्नुपर्छ। त्यसैले कम्तीमा तिहार सकिएको दुई सातापछि मात्र हल सञ्चालनमा ल्याउन सकिन्छ।’ हल सञ्चालनमा ल्याइहाले पनि तत्काल सुखद परिणाम नआउने बुझाई मधुसुधनको छ।

भन्छन्– ‘इन्डियामा पनि लामो समयपछि फिल्म हल खुल्यो। तर, केवल १०÷१२ जनाले मात्र टिकट काटेपछि दर्शक अभावमा कतिपय सञ्चालकले हल नै बन्द गरे। कतिपय हल पुरानो फिल्म देखाएर बसिरहेका छन्। नेपालमा पनि दर्शक आइहाल्ने अवस्था छैन। निर्माताहरु फिल्म रिलिज गर्ने मुडमा छैनन्। अहिलेको हाम्रो प्रमुख सरोकारको विषय भनेको स्वास्थ्य नै हो।

हामीले हाम्रो हलसम्म आउने दर्शकको चिन्ता लिनुपर्छ। बचौं र बचाऔं भन्नेमा लाग्नुपर्नेछ। त्यसका लागि हल सञ्चालन गर्दा कर्मचारीको लागि पीपीई, फेस सिल्डदेखि स्यानिटाइजर, मास्क र ग्लोब्सको व्यवस्था गर्नुपर्नेछ भने दर्शकका लागि थर्मल गन, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नुपर्छ। प्रत्येक रोमा एक सिट खाली राखेर दर्शक राख्ने मापदण्ड हामीले तयार पारेका छौं। जोखिमरहित मनोरञ्ज सेवामा दिने तयारी हामीले गरको छौं।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तिहारलाई हल सञ्चालनमा नआए पनि तिहारपछि भने सञ्चालनमा आउने बताए। ‘बोर्डमार्पmत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुँदै हल सञ्चालनमा ल्याउन सरकारलाई प्रस्ताव गरेका छौं। हल सञ्चालनमा ल्याउने विषयमा प्रधानमन्त्री पनि सकरात्मक हुनुहुन्छ। त्यसैल अब तिहारपछि चाँडै नै खुल्ने छ।’ –दाहालले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने।

सरकारले नेपालमा कोरोना संक्रमणबाट हुने कोभिड–१९ देखिनुअघि नै फिल्म हल बन्द गराएको थियो। हलहरु बन्द गराउनु अगाडि रिलिज गर्न तम्तयार भएका फिल्महøको सूची लामै छ। तर, हल नखुल्दा उनीहरूको लगानी थप जोखिममा परेको छ भने तिहारपछि हलहरु सञ्चालन गर्न दिइए पनि ती फिल्म तत्काल रिलिज गर्न निर्माताहरु तयार छैनन्। कोरोना जोखिमका कारण दर्शक हलमा आउने सम्भावन अत्यन्त न्यून भएकाले निर्माताहरुले करोडौं लगानी गरेर निर्माण गरेको फिल्म तत्काल रिलिज नगर्ने भएका छन्। निर्माता निर्देशक सुदर्शन थापाको फिल्म म यस्तो गीत गाउँछु–२ पनि यही लहरको फिल्म हो। तर, हल खुलिहाले पनि कसरी लगानी फिर्ताको जोखिम घटाउने भन्ने चिन्ता उनलाई छ।

‘संघ–संस्थाका पदाधिकारीहरु हल खोल्न पहल गरिरहका छौं’, उनी भन्छन्– ‘तर, यो अवस्थामा हल खुलिहाले पनि लगानी फिर्ताको जोखिम अत्यन्त धेरै छ। सामान्य अवस्थामा पनि फिल्म सुपरहिट भएपछि बल्ल केही फाइदा हुने हो। अहिले त आधा दर्शक राखेर फिल्म रिलिज गर्दा झनै रिस्क छ। पुरानो फिल्म देखाएर हल सञ्चालन गर्ने कुरा छ। कोरोनाको त्रासमा पुरानो फिल्म चलाउँदा हल झन् खाली हुन्छ, त्यसले बजार बिग्रन्छ।

सरकारले सेल्फ ल्यान्डिङ नगरे आज काम गरेर आजै खाने प्राविधिकदेखि फिल्म व्यवसाय गर्ने हामी सबै मारमा पर्छौैं।’ सुदर्शन भन्छन्– ‘यो बेलामा हल खोल्नका लागि नखोली पहिलेजस्तै नर्मल बनाउनु जरुरी छ। साढे २ करोडको लगानी भएको फिल्म रिलिज गर्दा एउटा निर्माता मर्ने कि सय÷डेढ सयवटा हलले रिस्क प्mयाक्टर कम गर्ने? हलले आफ्नो स्तर हेरर ५० हजारदेखि १ लाख रुपियाँसम्म ग्यारेन्टी गर्ने हो भने म फिल्म रिलिज गर्न तयार छ।’ नयाँ र ठूलो अनि दर्शकले पर्खिरहेको फिल्म चलाए दर्शक आउने सम्भावना छ। पुरानोका लागि आउँदैनन्। बुद्धि पु¥याएर सबैले स–सानो जोखिम उठाउनुपर्छ।’ –थापा भन्छन्।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हल सञ्चालनका लागि पहिलेदखि नै पहल गरे पनि सरकारले तिहारपछि खोल्ने योजना बनाएको बताए। ‘हामीले हल खोल्न पहिले नै पहल गरका हौं। सरकारले हल खोल्ने तयारी पनि गरिसकेको थियो। अचानक संक्रमितको संख्या ह्वात्तै बढेपछि हल खोल्ने वातावरण भएन। अब तिहारपछि खोल्ने कुरा भएको छ। हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र चलचित्र विकास बोर्डमा राज्यले २० प्रतिशत ग्यारेन्टी गरेको खण्डमा नयाँ फिल्मसमेत रिलिज गर्न तयार छौं भनेका छौं, तर जवाफ आएको छैन। नयाँ फिल्म रिलिज गर्ने कुरामा कतिसम्म रिस्क झेल्न सकिन्छ भन्ने कुरा निर्माताले निर्णय गर्ने कुरा हो’, आकाशले भने– ‘अर्थमन्त्री विष्णु पौडेलले गाह्रो साह्रो भएको क्षेत्रसँग सल्लाह गरेर प्याकेज ल्याउने भन्नुभएको छ। यस सम्बन्धमा तिहारअघि नै छलफलमा बस्नेछौं।’

कोरोना महामारीका कारण सात महिनादेखि ठप्प हुन पुगको नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउन चलचित्र विकास बोर्डले प्रचार सामाग्री छपाइदेखि इन्कोडिङसम्म गरिदिने यस अगाडि नै पक्का भइसकेको छ। आगामी ६ महिनासम्म प्रदर्शनमा आउने नेपाली फिल्मको पोस्टर र स्टिकर छपाईदेखि भीभीपीसी र इन्कोडिङ गर्ने कार्यसम्म बोर्डले सहजीकरण गर्नेछ। पब्लिसिटी डिजाइन प्रिन्ट गर्न र भीभीपीसी तथा इन्कोडिङ गर्न सम्बन्धित संस्थासँग बोर्डले समन्वयकारी भूमिका खेल्नेछ। नभए आपैंmले खर्च गरेर सघाउनेछ। यसबाहेक बोर्डले प्रदर्शनमा आउने फिल्मको प्रचार–प्रसारमा पनि सघाउनेछ।

प्रतिक्रिया दिनुहोस्