अमेरिकामा अभिनेत्री दाहालको अन्तिम संस्कार



हालै निधन भएकी अभिनेत्री सुशीला दाहालको अन्तिम संस्कार अमेरिकाको डाल्लासमा गरिएको छ।
रंगमञ्चदेखि ठूलो पर्दामा फिल्मसम्म छाउँदै आएकी अभिनेत्री दाहालको गत साता अमेरिकामा निधन भएको थियो। उनी लामो समयदेखि अमेरिकामै बस्दै आएकी थिइन्। उनको बुधबार अन्तिम संस्कार गरिएको हो।
दाहालले सयौं रगंमञ्चीय नाटकसहित लालपुर्जा, चिरञ्जीवी, हरिबाजे, गण्डकीको सेरोफेरोजस्ता टेलिफिल्म र चेलिबेटीलगायतका फिल्ममा अभिनय गरेकी थिइन्। उनले मज जोडीका दर्जनौं टेलिफिल्म्मा अभिनय गरेकी थिइन्। उनको उनी उच्चकोटीको स्वभाविक अभिनयको लागि चर्चित थिइन् ।

प्रतिक्रिया दिनुहोस्