राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेलमा दिउँसै देखिएको सन्नाटा (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

मुख्य पर्यटक सिजनमा देशकै प्रमुख पर्यटकीयस्थल ठमेलमा दिउँसै देखिएको सन्नाटा । कोरोना भाइरस महामारीका कारण विदेशी पर्यटकको आगमन ठप्प बनेसँगै विगत आठ महिनादेखि सुनसान बनेको छ ठमेल ।

कोरोना महामारीका कारण सबै क्षेत्र अस्तब्यस्त बनेपनि लकडाउन हटाइएसँगै अहिले काठमाडौंको मुख्य बजारहरुमा भने चहलपहल बढ्दो छ । तर, पर्यटकीय बजार ठमेलमा भने अहिले पनि लक डाउनकै अवस्था जारी रहेको आभास हुन्छ । निरन्तर यही क्रम लम्बिए पर्यटकस्थलको रुपमा विश्वचर्चित ठमेलको अस्तित्व नै संकटमा पर्ने सम्भावना प्रबल छ ।

तस्वीर : कबिरस शर्मा

 

प्रतिक्रिया दिनुहोस्