बच्चा जन्माउनुअघि मतदान



वासिङ्टन, (एजेन्सी)
अमेरिकी एक गर्भवती महिलाले नागरिक तथा राजनीतिक अधिकारको बलियो उदाहरण पेस गरेकी छन्। बच्चा जन्माउन फ्लोरिडाको एक अस्पतालमा जाँदै गर्दा बीच बाटोमै ती महिलाले पतिलाई कार रोक्न लगाई राष्ट्रपतीय निर्वाचनमा मतदान गरेकी छन्।
अरेन्ज काउन्टीको सुपरीवेक्षण निकायका कर्मचारी क्यारेन बिसेनो गोन्जालेजले वेस टेलिभिजनलाई भनिन्– ‘स्थानीय समयानुसार मंगलबार अपराह्न करिब साढे दुई बजे आफू मतपेटिका प्रशोधन कार्य गरिरहेका बेला एकजना पुरुष आफ्नी पत्नीको सवारी चालक अनुमति पत्र लिएर आइपुगे। उनले आफ्नी गर्भवती पत्नी बाहिर कारमा रहेको तथा उनी मत नखसालीकन अस्पतालै नजाने ढिपी कसेर बसेको बताए। शुरूमा मैले ‘मेल इन ब्यालट’ बाहिरै लिएर गएँ। तर, उनले आफैले मतपेटिका भर्ने बताइन्। उनले त्यो काम पनि स्वाँस्वाँ गर्दै पूरा गरिन्। निर्वाचन कर्मचारीका लागि त्यो निकै अस्वाभविक घटना थियो। तर, उनी अमेरिकी नागरिकको अधिकार प्रयोग गर्दै थिइन्।’
‘मैले मतदान गरें’, भन्दै उनी निकै प्रसन्न मुद्रामा अस्पताल गएको गोन्जालेजले बताएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्