हारले दिल्लीको मुस्किल बढ्यो



नयाँ दिल्ली,(एजेन्सी)

मुम्बई इन्डियन्ससँग हारेपछि दिल्ली क्यापिटल्सलाई जारी आईपीएलअन्तर्गत् प्लेअफमा स्थान बनाउन मुश्किल बढेको छ । शनिबार भएको खेलमा दिल्ली मुम्बईसँग ९ विकेटले हारेको हो । दिल्लीले मात्र १ सय ११ रनको सजिलो लक्ष्य दिएकोमा मुम्बईले १ विकेटको क्षेतिमा १४.२ ओभरमा सहजै जित हात पा¥यो । टिमलाई विजयी बनाउन ओपनर ईशान किशनले सर्वाधिक ७२ रन योगदान दिए ।

दिल्लीले लिगमा प्लेअफमा पुग्न अन्तिम खेल रोयल च्यालेन्जर्स विरुद्ध जित हासिल गर्नुपर्छ । १८ अंक जोडेको मुम्बई पहिले नै प्लेअफमा पुगिसकेको छ । अब तीन टिमले प्लेअफमा स्थान बनाउने अवसर छ, जसमा ६ टिम यसको होडमा छन् । दिल्लीको नेट रनरेट यो हारले माइनस ०.१५९ मा झरेकोले पनि १४ अंक बावजुद प्लेअफमा पुग्न गाह«ो भएको हो ।

अन्तिम खेलमा दिल्लीले जित्नै पर्ने भएको छ । प्लेअफमा पुग्ने होडमा रहेका अन्य ५ टिममा रोयल च्यालेन्जर्स बै)गलोर, किंग्स इलेभेन पन्जाब, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद रहेका छन् । दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय १० रन मात्रै बनायो । यो दुबईमा जारी सिजनमा सबैभन्दा सानो लक्ष्य हो ।

यसअघि किंग्स इलेभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १ सय २७ रनको लक्ष्य दिएको थियो । मुम्बईका बलर जसप्रीत बुमराह र टे«ेन्ट बोल्टले ३÷३ विकेट लिएर दिल्लीलाई झट्का दिए । यस्तै राहुल चाहर र नाथन कुल्टर नाइललाई १/१ विकेट मिलेको हो ।
दिल्लीको शुरुआत नै राम्रो भएन । ओपनर शिखर धवनले लगातार दोस्रो खेलमा खाता खोल्न सकेनन् ।

खेलको पहिलो ओभरको तेस्रो बलमा उनी आउट भएपछि पृथ्वी शाह पनि धेरै बेर क्रिजमा टिक्न पाएनन् । उनी १० रन बनाएर आउट भएका हुन् । दुबै जनालाई बोल्टले शिकार बनाएका हुन् । यसपछि कप्तान श्रेयस अय्यर र ऋषभ पन्तले तेस्रो विकेटका लागि ३५ रन जोडे । अय्यर २५ रनमा राहुल चाहरको बलमा आउट भए भने पन्त २१ रनमा बुमराहको बलमा आउट भए । यीनीहरु आउट भएपछि दिल्लीले सम्मानजनक स्कोर बनाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्