बच्चा जन्माउनु अघि मतदान



वासिंगटन,एजेन्सी ।

अमेरिकी एक गर्भवती महिलाले नागरिक तथा राजनीतिक अधिकारको बलियो उदाहरण पेश गरेकीछन् । बच्च जन्माउन फ्लोरिडाको एक अस्पतालमा जाँदै गर्दा बिच बाटैमा ति महिलाले पतिलाई कार रोक्न लगाई राष्ट्रपतिय निर्वाचनमा मतदान गरेकीछन्।

अरेन्ज काउन्टिको सुपरिवेक्षण निकायका कर्मचारी क्यारेन बिैसेनो गोन्जालेजले वेस टेलिभिजनलाई बताएकीछन् , ‘ स्थानिय समय अनुसार मंगलवार अपरान्ह करिव साढे दुई बजे आफु मतपेटिका प्रशोधन कार्य गरिरहेकाबेला एक जना पुरुष आफ्नी पत्नीको सवारी चालक अनुमति पत्र लिएर आइपुगे ।

उनले आफ्नी गर्भवती पत्नी बाहिर कारमा रहेको तथा उनी मत नखसालीकन अस्पतालै नजाने ढिंपि कसेर बसेको बताए । शुरुमा मैले मेल– इन– ब्यालट बाहिरै लिएर गएं । तर उनले आफैले मततपेटिका भर्ने बताइन् । उनले त्यो काम पनि स्वाँस्वाँ गर्दै पूरा गरिन् ।

निर्वाचन कर्मचारीहरुका लागि त्यो निकै अस्वाभविक घटना थियो । तर उनी अमेरिकी नागरिकको अधिकार प्रयोग गर्दै थिइन् ।’ ‘मैले मतदान गरें’ लेखिएको स्टिकर लिएर उनी निकै प्रसन्न मुद्रामा अस्पताल गएको गोन्जालेजले बताएकीछन् ।

प्रतिक्रिया दिनुहोस्