भारत र पाकिस्तानबीच चामल विवाद



नयाँदिल्ली,एजेन्सी ।

दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न शक्तिशाली मुलुक भारत र पाकिस्तानबिच पुन तनाव शुरु भएको छ । तर यसपालि सिमा विवादलाई लिएर नभई विश्वभरि लोकप्रिय वासमती चामललाई लिएर तनाव चर्केको छ ।

इस्लामावादले भारतले आफ्नो मुलुकमा मुलकको अदभुत उत्पादनको रुपमा रहेको वासमती चामल निर्यातका लागि युरोपेली संघ ९ इयु ० बाट अनुमति लिन योजना बनाएकोमा आपत्ति जनाएको हो ।भारतले सो चामललाई संरक्षित भौगोलिक सुचक (पिजिआई) मा दर्ता गर्न खोजेको हो ।

अहिले युरोपेली संघले स्कटिस व्हिस्की र स्टिल्टन चिज लगायतका विश्वका विभिन्न अन्य उत्पादनलाई गुस्तर र प्रतिष्ठा वा विशेषताको आधारमा पिजिआईको दर्जा दिएको छ । वास्तवमा यदि भारतले यो दर्जा पाएको खण्डमा भारतिय वासमती चामल आफ्नो भन्दा उच्च दर्जाको हुने र आफ्नो वासमती चामलको अन्तर्राष्ट्रिय निर्यात परिमाण प्रभावित हुनसक्ने भयको कारण पाकिस्तान चिन्तित भएको हो ।

अहिले इयुले भारतबाट वार्षिक ९ लाख मेट्रिक टन अर्थात आवशयकताको दुई तिहाइ वासमती चामल आयात गर्दै आएको छ ।अन्य बाँकी परिमाण पाकिस्तानबाट आयातित चामलबाट परिपुर्ति हुँदै आएको छ । तर केहि वर्ष यता भारतिय चामलमा किटनाषक ट्रिसाइलाजोलको परिमाण असुरक्षित स्तरमा भेटिन थालेपछि पाकीस्तानी चामलले युरोपेली बजारमा बढि महत्व र स्थान पाउन थालेका ेहो ।

प्रतिक्रिया दिनुहोस्