टर्की र ग्रिसमा शक्तिशाली भूकम्प, ठूलो परिमाणमा धनजनको क्षति



अंकारा/एथेन्स (एजेन्सी)
टर्की र ग्रिसमा शुक्रबार आएको शक्तिशाली भूकम्पले ठुलो जनधनको क्षति पुर्याएको छ । भूकम्पले सबैभन्दा बढी टर्कीको पश्चिमी इलाका बढी प्रभावित भएको बताइएको छ । भूकम्पपछि टर्कीको इजमिरमा सुनामीले पनि ठुलो क्षति पुर्याएको बताइएको छ ।
टर्कीमा हजारौं नागरिक हताहत भएको हुन सक्ने अनुमान सन्चारमा माध्यमहरुले गरेको छ । अहिलेसम्म टर्कीमा भूकम्पका कारण १२ को मृत्यु भएको पुष्टी भएको छ । त्यसैगरी ग्रिसमा दुई बच्चाको मृत्यु भएको बताइएको छ । दुबै देशमा राहत तथा उद्धार कार्यमा कयौं एजेन्सीहरु सक्रिय भइसकेका छन् ।

भूकम्पको तिब्रता ७ म्याग्निच्युडको भएको बताइएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्की र ग्रिसको बीचमा अवस्थित एजियन सागरमा सतहबाट साढे १६ किलोमिटर मुनी थियो । जमीनको सतहबाट कम गहिराइमा भुकम्पको केन्द्र हुनुले यसको धक्का अत्यन्त तिब्र महसुस गरिएको बताइएको छ । यसका कारण धेरै जसो भवनमा क्षति पुगेको हो । कयौं भवनहरु तासका घर जस्तै ढलेको देखियो । युरोपेली भुमध्य सागर भूकम्प विज्ञान केन्द्रले शुरुवाटमा भूकम्पको तिब्रता ६ दशमलव ९ रिक्टर स्केल रहेको र यसको केन्द्र यूनाको उत्तर पुर्व स्थित सामोस द्विपमा रहेको बताएको थियो ।

टर्कीका सन्चारमाध्यमले मध्य इजिमिरमा बहुतल्ले भवनका भग्नावशेष देखाएका छन् । मध्य इजिमिरको कयौं ठाउमा धुँवा उडिरहेको तस्विर तथा भिडियो बाहिर आइरहेका छन् । भूकम्प ग्रस्त ती क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिसकेको छ । इजमिरमा अहिलेसम्म ४ जनाको मृत्यु भइसेकेको र थुप्रै संख्यामा नागरिक घाइते भएको त्यहाँका गभर्नरले जानकारी दिएका छन् । भुकम्प एजियन र मरमरा दुबै क्षेत्रमा महसुस गरिएको छ । उक्त इलाकामै टर्कीको प्रमुख सहर इस्तानबुल रहेको छ । इस्तानबुलका गभर्नरले क्षतिका बारेमा कुनै समाचार नआएको जानकारी दिए ।

भुकम्पले बोर्नोवा र बेराकली शहमा पनि भवनहरुलाई क्षति पुगेको टर्कीका गृहमन्त्री सुलेमान सोयलुले जानकारी दिए । राहत तथा उद्धारका लागि कयौं टोली फरक फरक शहरमा काम गरिरहेको उनले बताए ।
टर्कीका राष्ट्रपति एदोगानले ट्विटमा गेट वेल सुन इजमिर लेखेका छन् । हामी राज्यका सबै संसाधन सहित भुकम्प प्रभावित आफना नागरिकको साथमा छौं । हामीले आफ्ना सबै सम्बन्धित संस्थान तथा मन्त्रिहरुसँग समन्वय गरि ती क्षेत्रमा आवश्यक कार्य शुरु गरिसकेका छौं ।
भुकम्पको धक्का ग्रिसको पुर्वी प्रायद्विपहरु लगायत राजधानी एथेन्समा पनि महसुस गरियो । सामोस तथा अन्य प्रायद्विपका निवासी आआफना घरबाट बाहिर निस्केको ग्रिसका सन्चारमाध्यमहरुले जनाएको छ । ती क्षेत्रमा पर्ने केही इलाकामा पहाडबाट चट्टान झरेको समाचार प्राप्त भएको छ । यद्यपी हताहतका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छैन ।

यसबीच सामाजिक सन्जालमा टर्कीको पश्चिमी शहरमा भुकम्पपछि सुनामी आएको दावी सहितका भिडियो पोस्ट गरिएका छन् । तर ती भिडियोको सत्यताको पुष्टि हुन सकेको छैन । भिडियोमा भुकम्पपछि पानीको तिब्र छाल सहरी इलाकामा प्रवेश गरिरहेको देखिन्थ्यो । छालसँगै कयौं गाडी तथा भग्नावशेष शहर तर्फ बग्दै आइरहेको देखिन्थ्यो । सुनामीका भिडियो इजमिरको भएको र नागरिकहरु गाडी तथा पैडल सुरक्षित स्थानतर्फ गइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्