धापासी हत्यामा संलग्न दुई जना पक्राउ



काठमाडाैँ ।

धापासी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दिवस अधिकारी र रवि मगरलाई पक्राउ गरेको छ।

तनहुँ घर भइ काठमाडौंमा मजुदरी गर्दै आएका २५ वर्षीय आशिष मगरको काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा शुक्रबार हत्या भएको हो।

मगरको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको थियाे ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेश्वर राठौरका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरुको खोजी भइरहेको छ।

मगरको शव हाल त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ। हत्याको कारण खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए।

प्रतिक्रिया दिनुहोस्