एक हजार रुपैँयामा भारतीय नागरिकलाई नेपाल भित्र्याउने एक पक्राउ



यमलाल भुसाल, बुटवल ।

कोभिड माहामारीको समयमा एक हजार रुपैया लिई भारतीय नागरिकलाई नेपाल भित्राउने एक जनाभारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला रुपन्देही सि।न।पा।वडा नं।१ वेलहिया स्थित कोटहीमाई गल्ली हुंदै १ जना भारतीय नागरिकलाई १ हजार रकम लिई अवैध रुपमा नेपाल प्रवेश गराएको अभियोगमा भारत उत्तर प्रदेश महाराजगंज जिल्ला मदरा बस्ने प्रेम सागर भारतीको छोरा वर्ष २० को अजय भारतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

निजले सो सार्वजनिक स्थानमा वाटोमा आवत जावत गर्ने पैदल यात्रीहरुसंग रकम लिने गरेको र नदिएमा झगडा गर्ने गरेकोले निजलाई पक्राउ गरि अभद्र व्यवहारमा कानुन वमोजिम कारर्वाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रनाउ खड्क बहादुर खत्री बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्