धादिङमा स्कार्पियो दुर्घटना हुँदा ५ घाइते, २ को अवस्था गम्भीर



न्युज अफ नेपाल, धादिङ ।

बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको स्कार्पियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्कार्पियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको रसबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपि युवराज खड्काले जानकारी दिनुभयो ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्