राष्ट्रिय लक्ष्य प्राप्त गर्न सबै शहरी सरोकारवाला एकजुट हुन जरुरी छ : मन्त्री श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौँ ।

शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सरोकारवालाबीच समन्वय एंव सहकार्य गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न एकजुट हुन आग्रह गरेका छन् ।

विश्व शहर दिवस २०७७ को अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो क्रा बताएका हुन् । शहरी विकास मन्त्रालयको नेतृत्वमा यसै वर्षदेखि नेपालमा समेत यो दिवस मनाउन लागिएको श्रेष्ठले जनाएका छन् । मन्त्रालयले सुन्दर र सुखी जीवनको आधार हाम्रा समुदाय र शहर भन्ने मूल नारा तयार पारेको छ ।

श्रेष्ठले सबै शहरसँग सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई शुभकामना दिनुका साथै एकजुट भएर काम गर्न आग्रह गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्