पाकिस्तानी संसदमा गुन्जियो मोदीको नाम !



नयाँदिल्ली, (एजेन्सी) ।

केहि भारतिय संचार माध्यमले छिमेकी मुलुक पाकिस्तानको संसदमा विधायकहरुले जानीजानी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम घन्काएको दावी सहित समाचार सम्प्रेषण गरेका छन् । फ्रान्समा हालै पैगम्वर मोहमदको कार्टुनलाई लिएर एकजना शिक्षकको हत्या भएको विषयमा बहश चर्केने क्रममा संसदमा मोदीको नाम लिइएको बताइएको छ ।

सोमवार पाकिस्तानी विपक्षी नेता खावाजा आसिफ लगायत विपक्षी विधायकहरुले फ्रान्समा पैगम्वरको अपमान हुने गरी प्रकासित कार्टुनको विरोध प्रस्ताव माथि मतदान गर्न आग्रह गर्ने क्रममा मोदीको नाम संसदमा गुन्जायमान भएको भन्दै टाइम्स नाउ , इन्डिया टिभी , इकोनोमिक्स टाइम्स र अन्य केहि सामाजिक संजालले ति विधायकहरुले ‘भोटिंग…..भोटिंग ’ नभई पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बेइज्जत गर्न ‘ मोदी… मोदी ’ को नारा लगाएको झुठो समाचार सम्प्रेषण गरेका थिए । तर पछि अधिकांश संचार माध्यमले सो समाचार डिलिट गरेका थिए । पाकिस्तानी संसदमा सरकार र विपक्षी समुहले कार्टुन विवादको भत्सर्नाका लागि आ–आफ्नै शैलीका प्रस्ताव पेश गरेका थिए ।

वास्तवमा अर्कै प्रसंगमा मोदीको नाम संसदमा लिइएको पनि थियो । चर्काचर्की बहशको क्रममा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले विपक्षी समुहलाई पाकिस्तान विरोधीको संज्ञा दिँदै ति विधायकहरुले शसस्त्र फौजमा विभाजन ल्याउन खोजेको आरोप लगाएपछि बल्ल विपक्षीहरुले उर्दु भाषामा ‘ मोदीका जो यार है , गद्धार है , गद्धार है ’ भनी नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्